IME Life New

एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३० मा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटल इच्छामा दिउँसो १ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि हदसम्म जारी तथा चुक्तापुँजी वृद्धिको विशेष प्रस्ताव पारित गर्नेछ। सभाले नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सभामा संस्थापक समूहतर्फ ३ जना सञ्चालक र सर्वसाधारण समूहतर्फबाट २ जना सञ्चालकको निर्वाचन हुनेछ भने एकजना स्वतन्त्र सञ्चालक मनोनित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार २० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS