कोरोना भाइरसको कारण इन्स्योरेन्स बजारमा मार्केटिङको तरिकाले फरक रुप लिन थालेको छ । ग्राहकलाई भौतिक रुपमा भेटेरै बीमा पोलिसी बारे जानकारी दिने र बीमा पोलिसी बेच्ने चलन चलेको भएतापनि कोरोना भाइरसको महामारी पश्चात चीनको इन्स्योरेन्स बजारले अनलाईन मार्केटिङलाई अँगालेको छ।
एसिया इन्स्योरेन्स रिभिउका अनुसार चीनका धेरै ठूला बीमा कम्पनीहरुले अनलाईन र भौतिक मार्केटिङलाई सँगै लगेर गएको पाईन्छ । बीमा कम्पनीहरुले आफ्नो आधिकारिक च्यानलमा भिडियो, टेलिभिजनमा विज्ञापन, सामाजिक संजाल बाहेक टिकटिकमा पनि धेरै भिडियो हाल्दै मार्केटिङ्ग गर्दै आएका छन् ।
फ़ुडान विश्वविध्यालयका अनुसार “मे” महिनासम्म चीनमा इन्स्योरेन्सको विज्ञापन लक्षित ७० हजार टिकटक भिडियो बनेका छन् । ती भिडियो २ बिलियन पटक हेरिएका छन् ।
भविष्यमा कोरोना महामारीको अन्त्य भए पनि इन्स्योरेन्स मार्केटिङमा अनलाईन मार्केटिङ्गको हिस्सा थप वृद्धि हुँदै जाने कुराको जानकारी चाइना प्यासिफिक इन्स्योरेन्सका जनरल मेनेजरले एक मिडिया सम्मेलनमा भनेका थिए ।