IME Life New

एनएमबिको आजसम्म शेयर किन्नेले अहिलेसम्मकै सर्वाधिक लाभांश पाउने, यस्तो छ पाँच वर्षको लाभांश इतिहास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले यो वर्ष सबैभन्दा धेरै लाभांश दिने बैंकको रुपमा स्थापित भएको छ। बैंकले आर्थिक वर्ष २०७५ /७६ को लागि आफ्ना शेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश रहेको छ।

लाभांश पारित गर्ने मुख्य एजेण्डा सहित बैंकले आफ्नो २४औं वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुष ४ गते बुक क्लोज गर्दैछ । त्यसकारण आज पुष ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारण सभामा भाग लिन पाउनेछन् ।

Esewa
Crest

बैंकले विगत लामो समयदेखि निरन्तर रुपमा आफ्ना शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ ।
बैंकको विगत ५ वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने बैंकले आफ्ना लगानीकर्ताहरुलाई खुशी दिँदै आएको देखिन्छ । बैंकले विगद पाँच वर्षको अवधिमा बोनश शेयर र नगद लाभांश दुवैलाई प्रथामिकता दिँदै आएको देखिन्छ ।

बैंकको विगत पाँच वर्षको लाभांश इतिहास हेर्ने हो भने यो अवधिसम्म आफ्ना लगानीकर्तालाई ९३ प्रतिशत बोनस शेयर दिएको छ भने ३७ दशमलव २५ प्रतिशत नगद लाभांश गरी कूल १ सय ३० दशमलव ३ प्रतिशत लाभांश दिएको छ। बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष ७५ /७६ मा घोषणा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा आफ्ना लगानीकर्ताहरुलाई २१ प्रतिशत बोनश शेयर तथा १४ प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी असोज ११ गतेबाट एकिकृत कारोबार गरेका थिए । त्यसकारण यो लाभांश तात्कालीन ओम डेभलपमेन्ट बैंकका शेयरधनीले समेत पाउने छन्।

यो लाभांश दर बैंकको हाल सम्मकै उच्च लाभांश दर हो । गत वर्ष बैंकले ३० प्रतिशत लाभांश दिएको थियो । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूले घोषणा गरेको लाभांशमध्यकै एनएमबि बैंकको लाभांश सर्वाधिक हो । यो वर्ष यो भन्दा बढी लाभांश चालु आर्थिक वर्षमा कुनैपनि वाणिज्य बैंकले घोषणा गरेका छैनन।

 

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि हाल एनएमबि बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS