IME Life New

साउदी अरेबियामा हुथी आक्रमणबाट कच्चा तेलको मूल्यमा असर, रेकर्डतोड उच्च विन्दुमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबियामा हुथी विद्रोहीहरुले गरेको आक्रमणका बीचमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११३.७५ डलरको रेकर्ड उच्चतम विन्दुमा पुगेको छ।

शुक्रबार ब्रेन्ट कच्चा तेल ०.५ प्रतिशतले बढेर ११३.७५ डलर प्रतिब्यारेल पुगेको हो। जब कि अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य ०.७ प्रतिशतले बढेर १००.१३ डलर प्रतिब्यारेल पुगेको छ। गत मे ४ पछि ब्रेन्ट कच्चा तेलमा यति धेरै वृद्धि भएको यो पहिलोपटक हो।

Esewa
Crest

रोयटर्सका अनुसार साउदी अरेबियाको सरकारी स्वामित्वमा रहेको तेल कम्पनी अरामकोले हुथी विद्रोही आक्रमणका कारण पहिले नै धाहरानमा रहेको आफ्नो मुख्यालय खाली गर्न आदेश दिइसकेको छ। वित्तीय संस्था आईएनजीका विज्ञहरुले एक प्रेस विज्ञप्तिमा भनेका छन्, ‘तेल र ग्यास बजार तनावको नयाँ वृद्धिको सम्भावनाका बारेमा धेरै चिन्तित छौँ। किनकि यस्तो अवस्थाले तेल आपूर्तिलाई थप असर गर्न सक्छ।’

अर्कोतर्फ लिबियाको हमादा र तिहारा तेल क्षेत्रबाट जाविया बन्दरगाहसम्म जाने तेल पाइपलाइनमा पनि भल्भ बन्द भएको छ। जसका कारण उत्पादन घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS