IME Life New

चौथो त्रैमासको वित्तीय विवरणमा राम्रो प्रर्दशन गर्दै बैंक तथा वित्तीय संस्थाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रममा छन् । हालसम्म ७ वटा बैंक तथा वित्तीय संस्थाहरुले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । अहिलेसम्म वित्तीय विवरण प्रकाशित गर्ने बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख सूचकहरुमा राम्रो ग्रोथ देखिएको छ ।

हालसम्म वित्तीय विवरण प्रकाशित गर्ने बैंक तथा वित्तीय संस्थाहरुमा यूनाइटेड फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक , वोमी माइक्रोफाइनान्स, चौतारी लघुवित्त र नेशनल माइक्रोफाइनान्स रहेका छन् । जसमध्ये सबैभन्दा धेरै नाफा बृद्धि गर्नेमा चौतारी लघुवित्त रहेको छ । जसले चौथो त्रैमाससम्ममा नाफा १ सय ७४ प्रतिशतले बढाएको छ ।

Esewa
Crest

चोथो त्रैमासको वित्तीय विवरणलाई महत्वपुर्ण विवरणको रुपमा लिने गरिन्छ । किनकी चौथो त्रैमासको वित्तीय विवरणले लाभांश निर्धारण गर्ने गर्दछ । कम्पनीहरुको राम्रो वित्तीय विवरण प्रकाशित हुनु भनेको यसले दोश्रो बजारलाई बलियो टेवा दिने गर्दछ।  परिपक्क दोश्रो बजारमा कम्पनीहरु आधारभूत रुपमा बलिया हुन्छन।

खुद नाफा
आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाहरुको नाफामा पनि राम्रो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फर्स्ट माइक्रोफाइनान्सको नाफा ३१ प्रतिशतले बृद्धि भएको छ । माछापुच्छ्रेको ३६ प्रतिशतले, सिटिजन्सको २१ प्रतिशतले, यूनाइटेडको ७१ प्रतिशतले, चौतारीको १ सय ७४ प्रतिशतले, वोमीको ५६ प्रतिशतले र नेशनल माइक्रोफाइनान्सको ५३ प्रतिशतले नाफामा बृद्धि देखिएको छ ।

जगेडा कोष
आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण प्रकाशित गरेका ७ वटा बैंक तथा वित्तीय संस्थाहरुको जगेडा कोषमा पनि राम्रौ सञ्चिती देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फर्स्ट माइक्रोफाइनान्सले जगेडा कोषमा १३६ प्रतिशतले बढी सञ्चिती गरेको छ । माछापुच्छ्रे बैंकले ३९ प्रतिशतले बढी सञ्चिती गरेको छ । त्यस्तै सिटिजन्स बैंकले २० प्रतिशतले, यूनाइटेड फाइनान्सले ११५ प्रतिशतले चौतारी लघुवित्तले १८८ प्रतिशतले, वोमी लघुवित्तले २५१ प्रतिशतले र नेशनल माइक्रेफाइनान्सले ९६ प्रतिशतले सञ्चिती बढाएको वित्तीय विवरण सर्वाजनिक गरेका छन् ।

प्रति शेयर आम्दानी
हालसम्म वित्तीय विवरण प्रकाशित गरेका ४ वटा माइक्रोफाइनान्समध्ये सबैभन्दा धेरै प्रति शेयर आम्दानी बृद्धि गर्नेमा चौतारीको रहेको छ ।

चौतारीको प्रति शेयर आम्दानी १५ रुपैयाँ १७ पैसा  रहेको छ । त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सको १९ रुपैयाँ ४६ पैसा ,वोमीको ६२ रुपैयाँ ८ पैसा र नेशनलको ८७ रुपैयाँ १२ पैसा प्रति शेयर आम्दानी रहेको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ १५ पैसा रहेको छ भने सिटिजन्सको १७ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS