इन्स्योरेन्स खबर/काठमाडौं: नेशनल लाईफ इन्स्योरेन्सले श्रावण १ गते देखि बिक्री गर्ने लागेको ६० प्रतिशत हकप्रद शेयर प्रयोजनका निमित्त असार २२ गते बुक क्लोज मिति तय गरेकोमा आज (असार २१ ) गते सम्म कायम शेयर धनीले ६० प्रतिशत हकप्रद शेयर खरिद गर्न सक्ने छन्।
नेशनल लाइफले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । हकप्रद शेयर खरिद गर्ने समय श्रावण १ गते देखि भाद्र ४ गते सम्म तोकिएको छ।