IME Life New

६० प्रतिशत हकप्रद शेयरका निमित्त बुक क्लोज आउदै गरेको नेशनल लाईफको वित्तीय अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: नेशनल लाईफ इन्स्योरेन्सको सन् १९८८ मा स्थापना भएको जीवन बीमा कम्पनी हो। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह र कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा भरत बस्नेत हुनुहुन्छ ।
कम्पनीले श्रावण १ गते बाट ६० प्रतिशत हकप्रद शेयर बिक्री गर्दै छ। सो हकप्रद शेयर प्रयोजनका निमित्त असार २२ गते बुक क्लोज मिति निर्धारण गरिएको छ। असार २१ गते  सम्म कायम शेयरधनीले १० बराबर ६ हकप्रद शेयर खरिद गर्न सक्ने छन्।

हेरौँ कम्पनीको अहिलेको अवस्था (तेस्रो त्रैमास सम्म ) :

Esewa
Crest

कम्पनीको हाल पुँजी १ अर्ब ६६ करोड छ तर बीमा समितिको निर्णय अनुसार जीवन बीमा कम्पनीहरूले आफ्नो पुँजी २ अर्ब पुर्‍याउनु पर्ने छ। ६० प्रतिशत हकप्रद शेयर पुँजीमा समायोजन भए पश्चात कम्पनीको पुँजी २ अर्ब ६४ करोड पुग्ने छ।
कम्पनीको जगेडा कोषमा ४३ करोड रुपैयाँ संचित छ गत वर्षको तेस्रो त्रैमासमा ५५ करोड रुपैयाँ संचित थियो।
कम्पनीले एक वर्षको अवधिमा जीबन बीमा कोषको आकारलाई ४ अर्बले वृद्धि गरेर २० अर्ब ३९ करोड पुर्‍याएको छ।
कम्पनीले ४ अर्ब १५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने खुद बीमा शुल्क आर्जन भने ३ अर्ब ९४ करोड छ।
कम्पनीले बीमा सङ्ख्यामा उल्लेखनीय व्रिधि हासिल गर्न सफल भएको छ। गत वर्ष  ३ लाख ७६ हजार बिमा लेख भएकोमा आयो वर्ष सो सङ्ख्या ८ लाख ८ हजार पुगेको छ।
कम्पनीको १७ करोड ९१ हजार बराबरको दाबी भुक्तानी हुन् बाँकी  छ।

तेस्रो त्रैमास सम्म कम्पनीले २२ करोड २० लाख कमाएको छ भने कम्पनीको प्रति शेयर आम्दानी १७ दशमलव ९६रुपैयाँ रहेको छ।

हेरौ कम्पनीको तेश्रो त्रैमासको अवस्था : 

नेशनल लाईफलाई अरु जीबन बीमा कम्पनी संग दाजेर हेर्न यहाँ क्लिक गर्नुस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS