SKIP THIS

National Insurance
IME Life

लाईफ इन्स्योरेन्स कम्पनीहरूको तुलनात्मक अध्ययन; नेपाल लाईफ अगाडी

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: हाल नेपाल स्टक एक्चेन्जमा ७ वटा जीवन बीमा कम्पनीहरू शेयर कारोवार हुन्छ, जीवन बीमा कम्पनीहरू सधैँ लगानीकर्ताको रोझाईमा पर्दै आएको छ। त्यसको एक कारण भनेको यसमा धेरै उतार चडाव छ , बजारमा शेयरको आपूर्ति कम भएकालेपनि बजार बढ्दा सबै भद्ना धेरै क्यापिटल गेनका निमित्त लगानीकर्ताको रोजाइमा जीवन बीमा कम्पनीहरू पर्दै आएको अवस्था छ। हेरौँ सबै जीवन बीमा कम्पनीहरूको अवस्था :

चुक्ता पुँजीको आधारमा कुन कम्पनी अगाडी:-
जीवन बीमा कम्पनीहरू मध्य नेपाल लाईफ इन्स्योरेन्सले मात्र बीमा सोमितीले तोकेको २ अर्बको पुँजीको लक्ष्य हासिल गरिसकेका छन्। अरू ६ वटा इन्स्योरेन्स कम्पनीहरू भने पुँजी वृद्धिको क्रममा छन्। सबै भन्दा धेरै पुँजी वृद्धि गर्न गुराँस लाईफ इन्स्योरेन्सले बाँकी छ। गुराँस लाईफ इन्स्योरेन्सले अझै २४७ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्न बाँकी छ।
यता नेशनल लाइफले भने ६० प्रतिशत हकप्रद शेयरको लागि असार २२ गते बुक क्लोज गर्दै छ। उक्त हकप्रद शेयर पश्चात् कम्पनीको पुँजी २ अर्ब माथि हुने छ।

Prabhu
Crest

जीबन बीमा कम्पनीहरुको पुँजीको अवस्था : 

जगेडा कोषको आधारमा कुन कम्पनी अगाडी:

जीवन बीमा कम्पनीहरू मध्य नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जगेडा कोष एकदमै बलियो छ। कोषमा अहिले ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। त्यस्तै गुराँस लाईफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा थोरै छ। कोषमा अहिले २० करोड ७८ लाख रुपैयाँ संचित छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरू मध्य नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा कोष एकदमै बलियो छ। कोषमा अहिले ४७ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। त्यस्तै सूर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै भन्दा थोरै छ। जीवन बीमा कोषमा अहिले ३ अर्ब २२ करोड रुपैयाँ छ।

कुल बिमा शुल्क/खुद बिमा शुल्कको आर्जनको आधारमा:
सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्दछ। नेपाल लाईफले १० अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।सबै भन्दा थोरै खुद बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाईफ इन्स्योरेन्स पर्दछ। गुराँस लाईफले ९५ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीले ८८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

 

खुद नाफाको आधारमा :
सबै भन्दा धेरै खुद नाफा गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पर्छ। कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ त्यस्तै सबै भद्ना थोरै खुद नाफा गर्ने कम्पनी भनेको एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। एसियन लाइफले ३ करोड ३२ लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानी :
प्रति शेयर आम्दानीको हिसाबले नेशनल लाईफ इन्स्योरेन्स पहिलो नम्बरमा पर्दछ। नेशनल लाईफ इन्स्योरेन्सले एक कित्ता बराबर १७ रुपैयाँ आम्दानी गरेको छ।

हेरौँ सबै तथ्याङ्क एकै टेबलमा :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS