IME Life New

तिहारको बिदामा पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सुचारु राख्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिहारको बिदामा पनि भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। भन्सार विभागबाट प्राप्त पत्रका आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीयलाई व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदामा पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ।

Esewa
Crest

तिहारका अवसरमा कात्तिक २२ गतेदेखि कात्तिक २६ गतेसम्म बिदा रहेको छ। यो अवधिमा भन्सार कार्यालयमा रहेका शाखाबाट बैंकिङ सेवा सुचारु राख्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS