काठमाडौं । तारकेश्वर न.पा.४ काठमाडौं घर भई आफु बैदेशिक रोजगारमा रहेको बिनोद लामिछानेले छोरा छोरीको पास्नीको अवसरमा आफ्ना दुई जुम्ल्याहा छोरा छोरीलाई नेपाल लाइफ इन्स्योरेन्सको सुनौलो भविष्य केटाकेटी सावधिक जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनले १५-१५ लाखको बीमा पोलिसी उपहार दिएका हुन् ।
एकै पटक जन्मिएका जुम्ल्याहा छोरा छोरीको भविष्यलाई आजका दिन देखीनै सुरक्षित गर्र्नका लागि आजको थोपा थोपा बचत भविष्यका लागि एउटा राम्रो खुत्रुके हुने भएकोले उक्त बीमा पोलिसी उपहार स्वरुप आफ्ना सन्तानलाई दिएको उनले बताए ।

















