काठमाडौं । धितोपत्र दोस्रो बजारमा आउँदो आइतबारबाट शेयर कारोबारमा आउन लागेको सान्भी इनर्जीको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीले निर्माण गरेको जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन असार ११ गतेबाट सुरु भएको जानकारी गराएको हो। यो ५.२ मेगावाट क्षमताको आयोजना हो।
आवश्यक सम्पूर्ण परीक्षणपछि व्यापारिक उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।
सान्भी इनर्जीको आइपीओ बिहीबोल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। अब आइतबारबाट दोस्रो बजारमा यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

















