काठमाडौं । नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर २,६६४ को विन्दुमा कायम भएको छ । आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावरका लगानीकर्ताले १० दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । सुपर खुदीका लगानीकर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।













