IME Life New

प्रभु महालक्ष्मी लाइफका आर्यन खान ‘एमडीआरटी-२०२६’ का लागि छनोट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रियस्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)को २०२६ का लागि छनोट भएका छन्।

यो उपाधि खानले पाँचौँ पटक लगातार हासिल गरेका हुन् भने प्रभु महालक्ष्मी लाइफका पहिलो एमडीआरटी–२०२६ का लागि योग्य बनेका हुन्। खान गत वर्ष २०२५ मा विश्वप्रसिद्ध एमडीआरटी संस्थाको माथिल्लो तह कोर्ट अफ दि टेबल (सीओटी)सम्मम्म योग्य भएका थिए।

Esewa
Crest

एमडीआरटी विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेसेवरहरुको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ। निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले खानलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वका रुपमा स्थापित गरेको छ।

‘यो सफलता मेरो मात्र होइन, यो मेरा ग्राहक –बीमित), मेरो टिम र हामीले अँगालेको विश्वासको उपलब्धि हो। हरेक पॉेलिसीसँगै हामी केवल बीमा मात्र गर्दै छैनौँ, भविष्य बनाउँदैछौँ’, खानले भने।

प्रभु महालक्ष्मी लाइफले आर्यन खानको यो ऐतिहासिक सफलतामा सधैँ साथ रहने र हौसला प्रदान गर्ने जनाएको छ । गत वर्ष २०२५ मा सीओटी हासिल गरेका खानलाई अब उनको लक्ष्य टप अफ दि टेबल (टीओटी) प्राप्त गरेको छ। जसतर्फ उनी दृढ आत्मविश्वासका साथ अग्रसर छन्।

आर्यन खान आजको पुस्ताका लागिमात्र होइन भविष्यका बीमा व्यवसायीहरुका लागि पनि एक प्रेरणाका स्रोत एवं उदहारणीय व्यक्ति बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS