इन्स्योरेन्स खबर/काठमाडौंः एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन गतवर्षको सो अवधिको तुलनामा १२ दशमलव ०९ प्रतिशतले बढी हो । गतवर्षको तेश्रो त्रैमासमा कम्पनीले २ करोड ९६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
८० करोड ५५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले जगेडा कोषमा २२ करोड ३१ लाख रुपैयाँ कायम गरेको छ । जीवन बीमा कोषमा १२ अर्ब ९ करोड रुपैयाँ छुट्र्याएको कम्पनीले महाविपत्ती कोषमा ३ करोड ७२ लाख रुपैयाँ सञ्चित गरेको छ ।
कम्पनीले समीक्षा अवधिमा खुद बीमा शुल्कबाट १ अर्ब ९१ करोड आर्जन गरेको छ । गतवर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६० करोड आर्जन गरेको थियो ।
त्यस्तै हालसम्म कम्पनीले १४ अर्ब ९१ करोड २३ रुपैयाँ कुल बीमा शुल्क आर्जन रकम गरेको छ । यो अवधिमा कम्पनीले ५६ करोड ८७ लाख ३० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीमा बीमा लेखको संख्या भने घटेको देखिन्छ । गतवर्ष यो अवधिमा २ लाख १७ हजार ९ सय ८६ बीमालेख संख्या रहेकोमा हाल र उक्त संख्या घटेर २ लाख ५ हजार ३ सय ४६ मा सीमित भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७० पैसा, प्रतिसेयर कुल सम्पत्तीको मुल्य १ हजार ६ सय ७५ र मूल्य आम्दानी अनुपात १२७ दशमलव १३ गुणा कायम भएको छ ।
यो पनि हेर्नुहोस्
एशियन लाइफको बोनस सेयर कसरि झर्यो ४ प्रतिशतमा, ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव