IME Life New

एशियन लाइफको बोनस सेयर कसरि झर्यो ४ प्रतिशतमा, ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं:  गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव संचालक समितिले गरेकोमा बिमा समितिको निर्देशन पछि ६ प्रतिशत बोनस सेयर जारी गर्ने गरि निर्णय कम्पनीले गरेको थियो, तर अहिले कम्पनीले ४ प्रतिशत अर्थात ४ करोड ८३ लाख रुपैयाँ बोनस सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादै छ, कम्पनीका अनुसार केहि समय अगाडी निस्काशन गरेको ५० हकप्रद सेयरले पनि हालको घोसणा अनुसार बोनस सेयरदिनु पर्ने भएको कारण ५० हकप्रद सेयरले समेत बोनस सेयर पाउने गरि समायोजन गर्दा बोनस सेयर ४ प्रतिशत हुन पुगेको कम्पनीले जनाएको छ ।

बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । सोको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Esewa
Crest

साथै कम्पनी लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बिमा समिति को निर्देशन अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापूँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो , कम्पनीले केहि समय अगाडी पनि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीको आउदो जेठ १९ गते वीरगञ्जमा हुने १० औं वार्षिक साधारणसभामा ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विशेष प्रस्ताव पेश हुने भएको छ । साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्ने छ ।

यसैगरी संस्थापक सेयरलाई साधारणमा परिणत गरी स्वामित्व अनुपात संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव सभाले पारित गर्ने छ । हाल संस्थापक र सर्वसाधारणको स्वामित्व ७०ः३० रहेको छ ।

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिमा परिवतर्न गरी ७ जनाको गठन हुने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । जसअनुसार संस्थापकतर्फबाट ४, सर्वसाधारण २ र एकजना विज्ञ सञ्चालक नियुक्त हुने छन् । अधिकृत पुँजी २ अर्बबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS