IME Life New

व्यवस्थापनविरूद्ध देशव्यापी आन्दोलन चर्काउन अभिकर्ता भेला गर्दै पेशागत संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनिश्चितकालीन आन्दोलनको चेतावनी दिएको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको पेशागत अभिकर्ता संघ बीमक समितिले शनिबार अभिकर्ता भेला गर्दैछ। संघले आइतबारदेखिको आन्दोलनलाई प्रभावकारी बनाउनका लागि शनिबार दिउँसो नक्सालमा उपत्यकाभित्र उपलब्ध सम्पूर्ण अभिकर्ताको सहभागितामा भेला गर्न लागेको हो।

रेडजोनमा धकेलियो एलआईसी नेपाल, नयाँ व्यापारभन्दा सरेन्डरको भुक्तानी बढी

Esewa
Crest

बीमक समिति सचिव अमन श्रेष्ठका अनुसार दिउँसो १ बजे नक्सालस्थित इन्स्योरेन्स शाखा नजिकै अभिकर्ता भेला आह्वान गरिएको छ। इन्स्योरेन्स व्यवस्थापनले साबिकको बीमालेख बिक्री बन्द गरेर महँगो बीमाशुल्कमा न्यून बोनश दर सहितको बीमालेख प्रचलनमा ल्याउन लागेको भन्दै पेशागत अभिकर्ता संघ बीमक समितिले विरोध जनाएको छ। संघले साबिकको बीमालेख बिक्रीलाई निरन्तरता दिनुपर्ने र बोनश दर वृद्धि गर्नुपर्ने माग अघि सारेको छ।

संघका अनुसार इन्स्योरेन्स व्यवस्थापनले पछिल्लो समयमा बीमितको बोनश दर कटाैती गर्ने, महँगो बीमाशुल्कमा नयाँ बीमा योजना प्रचलनमा ल्याउने र अभिकर्ताको सेवा सुविधामा कैंची चलाउने काम गरिरहेको छ। महँगो बीमाशुल्कमा अन्य कम्पनीभन्दा थोरै बोनश दर प्राप्त हुने बीमालेख बिक्री गर्न नसकिने भन्दै संघले चेतावनी दिएको छ।संघले माग पुरा गराउन दबाब मूलक कार्यक्रम अन्तर्गत देशैभर आन्दोलन गर्ने चेतावनी दिएको छ। र बीमालेख बिक्री समेत ठप्प पार्ने निर्णय गरेको छ।

इन्स्योरेन्सले प्रचलनमा ल्याउन लागेको नयाँ सावधिक जीवन बीमा योजना र बीमितको बोनश दरका कारण बीमित र अभिकर्तालाई पर्न गएको असर र प्रभावबारे भेला केन्द्रित हुनेछ।

बोनसदर रु. ४० मा झरेपछि देशैभर आन्दोलन गर्दै एलआईसी नेपालका अभिकर्ता

बीमित र अभिकर्ता दुबैको हितको संरक्षणका लागि संघले अघि सारेको माग पुरा गराउन देशैभर दबाबपूर्ण आन्दोलनलाई प्रभावकारी बनाउन नेतृत्व परिचालनको विषय पनि भेलामा छलफल हुने बताइएको छ।

राम्रा अभिकर्ताले छोड्दै एलआईसी नेपाल, बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा असन्तुष्टि

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS