IME Life New

रेडजोनमा धकेलियो एलआईसी नेपाल, नयाँ व्यापारभन्दा सरेन्डरको भुक्तानी बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय संयुक्त लगानीको जीवन बीमक लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल(एलआइसी नेपाल) को नयाँ व्यापारबापतको आम्दानी संकुचित हुँदै गएको छ। कम्पनीले नयाँ व्यापारबापत प्राप्त बीमाशुल्कको तुलनामा १.८८ गुणा रकम समर्पण मूल्य भुक्तानीबापत बाहिरिएको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो ५ महिना(साउनदेखि मंसिर) को अवधिमा अन्य जीवन बीमकको तुलनामा एलआईसी नेपालले समर्पण संख्या र मूल्य दुवैका आधारमा सर्वाधिक रकम भुक्तानी गर्नुपरेको छ।

यो जीवन बीमकबाट चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ११ हजार ७९३ बीमालेख असमयमै बन्द गरिएका छन् । अवधि पूरा नहुँदै बीमितले जीवन बीमालेख बन्द गराउँदा १ अर्ब ९३ करोड ३५ लाख ७५ हजार रुपैयाँ समर्पण मूल्य(सरेन्डर भ्यालु) बापत भुक्तानी गर्नुपरेको छ। प्राधिकरणका अनुसार समीक्षा अवधिमा एलआईसी नेपालले बीमालेख बिक्रीबापत जम्मा १ अर्ब २ करोड ७० लाख रुपैयाँ कमाएको छ।

Esewa
Crest

नयाँ व्यापारबापत भित्रिएको रकमभन्दा बाहिरिएको रकम झन्डै दोब्बर बढी हुनु जीवन बीमकको वित्तीय स्वास्थ्यका लागि राम्रो मानिँदैन। एलआईसी नेपालले घोषणा गरेको बीमालेख बोनस अन्य पुराना कम्पनीको तुलनामा थोरै भएको र अभिकर्ताको सेवाद्दसुविधासमेत कटौती गरिएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि पोख्न थालेका छन्।

समर्पण मूल्य भुक्तानीको बढ्दो आकारले जीवन बीमकको बीमा कोष र लगानी योजनाको कार्यान्वयन दुवैमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्छ। बीमांकीले समर्पण मूल्य भुक्तानीको नियन्त्रित आँकडा प्रक्षेपण गरेर त्यसै आधारमा भावी बचत र बोनसको गणना अनुमान गरेको हुन्छ। तर, पूर्वानुमान गरिएभन्दा अधिक समर्पण मूल्य भुक्तानी हुँदा बचतमा क्षयीकरण भएर बीमितले प्राप्त गर्ने बोनस दर घट्दै जान्छ।

यो कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०।८१ को मंसिर मसान्तको तुलनामा नयाँ व्यापारबापतको प्रथम बीमाशुल्क आम्दानी २७.१९ प्रतिशतले वृद्धि गरेर सञ्चालक समितिबाट वाहवाही पाए पनि समर्पण मूल्य भुक्तानी झनै डरलाग्दो गरी बढेको छ। समीक्षा अवधिमा गत आर्थिक वर्षको तुलनामा एलआईसी नेपालको समर्पण मूल्य भुक्तानी रकम ५५.४३ प्रतिशतले बढेको छ। समर्पण बीमालेखको संख्या पनि पोहोरको पहिलो ५ महिनाको अवधिको तुलनामा समीक्षा अवधिमा ३४.५६ प्रतिशतले बढेको छ।

नेपालको जीवन बीमा व्यापारमा प्रत्यक्ष रुपमा नयाँ व्यापार हुन नसकेको अवस्थामा पुराना बीमालेख समर्पण गराएर पुनः बीमालेख जारी गर्दै नयाँ व्यापारको आवरण दिने विकृत अभ्याससमेत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

71%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS