IME Life New

राम्रा अभिकर्ताले छोड्दै एलआईसी नेपाल, बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा असन्तुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)का अभिकर्तामा असन्तुष्टि बढ्दै गएको छ। यही असन्तुष्टिबीच एलआईसी नेपालबाट राम्रा अभिकर्ताहरु बाहिरिन थालेका छन्।

गत पुस ९ गते सुनसरीको इनरुवा नगरपालिका–६ का बासिन्दा धर्मराज भण्डारीले एलआईसी नेपालका बीमा योजनाहरु बिक्री नगर्ने घोषणा गर्दै कम्पनी छाडेका छन्। यसका लागि उनले एलआईएसी नेपालमा निवेदन दिँदै कम्पनी परिवर्तनका लागि सिफारिस माग गरेका छन्

Esewa
Crest

एलआईसी नेपालसँग भण्डारी विगत १२ वर्षदेखि जोडिई निरन्तर कम्पनीको व्यापार वृद्धिस्तरमा लगभग टप १० भित्रमा नै पर्दै आएका थिए। ‘जीवन बीमा विस्तारको सिलसिलामा कैयौँ बीमितलाई क्षमताअनुसार प्रत्यक्ष बीमितसँग सम्पर्क गरी बीमितको पहिचान गरी आजसम्म एउटा पनि वार्षिक दाबी परेको छैन’, भण्डारीले निवेदनमा उल्लेख गरेका छन्, ‘बीमा गर्दा योग्य व्यक्तिको मात्र बीमा गर्ने लगभग १२ वर्षको अनुभव र सो अवधिको कुनै दाबी भुक्तानी गर्नु नपरेकामा मेरा सम्पूर्ण स्वस्थ्य बीमितप्रति आभारी छु।’

‘म आफू पनि यस कम्पनीमा धेरै वटा वीमालेख खरिद गरी वार्षिक लगभग ४० लाख जति बीमा शुल्क भुक्तानी गर्ने बीमित हुँ’, निवेदनमा भनिएको छ, ‘मेरो निजी बीमालेख देखेर पनि अन्य बीमितले मलाई विश्वास गरी एलआईसी नेपालसँग अन्य बीमितले हामीलाई विश्वास गरी कम्पनी आज यहाँसम्म आइपुगेको बीमितको विश्वासकै कारणले हो।’

विगत वर्षहरुमा बीमालेख बिक्री गर्दा न्यूनतम ६६, ६८, ७७ र ८० कबुल गरेर बीमालेख बिक्री गरिएको भण्डारीले निवेदन उल्लेख गरेका छन्। ‘आज अस्वाभाविक रुपमा ४० मा झारी सम्पूर्ण बीमितप्रति अन्याय भएको छ। अब आउने दिनमा बीमा म्याचुरिटीको नजिक आएको हुँदा त्यो हामीले पहिले देखाएको लोभ आज झुट्टा साबित हुनेछ’, निवेदनमा भनिएको छ, ‘बीमितले सो रकमको आधामात्र पाउने र पाइरहेको देखिँदा तथा अन्य प्रतिस्पर्धा कम्पनीको बोनसदर प्रतिस्पर्धी बीमा योजना जुन नेपाली जनताका लागि हित हुने बीमा योजना यस एलआईसी कम्पनीसँग नरहेकोले यसरी बीमितको हितविपरीत र समान प्रतिस्पर्धी कम्पनी सरह मुनाफा नआउने हुनाले यस कम्पनीको बीमा योजनाहरु बिक्री गर्न म अभिकर्ताको हैसियतले नगर्ने घोषणा गर्दछु।’

यसका साथै बीमा ऐन २०७९ को दफा ९३ (६) अन्तर्गत एकै प्रकारको वीमा व्यवसाय गर्न एउटामात्र वीमा कम्पनीमा गर्न पाउने हुनाले आजबाट यस कम्पनीमा लगत कट्टा गरी इजाजत पत्र नं. १७/३४६१६ एलआईसी नेपालको नाम रेकर्डबाट हटाई पाउनका लागि नेपाल बीमा प्राधिकरणलाई पत्राचार वा ई–मेलबाट जानकारी गराई एक प्रति आफूलाई उपलब्ध गराउन भण्डारीले आग्रह गरेका छन्। ‘आजका मितिसम्म यस कम्पनीमा अभिकर्ताको हैसियतले गरेको कामप्रति र यसै कम्पनीबाट म यहाँसम्म आइपुगेकोमा यस एलआईसीलाई कहिल्यै भुल्ने र बिर्सने छैन’, निवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

33%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS