काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) अन्तर्गत टप अफ द टेबल योग्य व्यापार गर्न सफल भएकी छिन् ।
इन्स्योरेन्सका अनुसार उनले सन् २०२४ का लागि तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्दै सन् २०२५ को टप अफ द टेबल (टिओटी) उपाधी प्राप्त गर्न योग्य भएकी हुन् । न्यौपानेले, सन् २०२० देखि लगातार ३ पटक टिओटी योग्य भई सकेकी छिन् । यसैगरी एक पटक सिओटी र २ पटक एमडिआरटी उपाधी योग्य हुने गरी व्यवसायीक लक्ष्य पुरा गरि सकेकी छिन् ।