IME Life New

आफ्नै रेकर्ड तोड्दै लगातार ‘नेपाल टप’ हुँदै धनगढीका अभिकर्ता मदन भट्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा लगातार सफलता हासिल गर्ने सीमित बीमा अभिकर्तामध्ये हुन् मदन भट्ट । सन् २००१ देखि बीमा पेशामा संलग्न भएका भट्टले संघर्षलाई सफलताको मूल मन्त्र बनाउँदै २०२२ देखि लगातार तेश्रो पटक नेपाल लाइफमा देशभरकै सर्वोत्कृष्ट अभिकर्ताको उपाधि हात पार्न सफल भएका छन् ।

भट्टले सन् २०२४ का लगि एमडिआरटी(मिलियन डलर राउण्ड टेबल) उपाधिका लागि योग्य हुनुका साथै गत आर्थिक वर्ष २०८०।८१ मा व्यक्तिगत तर्फ ८ करोड रूपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् । यसबाहेक उनी अन्तर्गतको अभिकर्ताको समूहले १० करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेका छन् । गत आवमा इन्स्योरेन्सले संकलन गरेको प्रथम बीमाशुल्क ७ अर्ब ९४ करोड ३३ लाख रूपैयाँमा मदन भट्ट र उनको समूहले मात्र २.२ प्रतिशतको उल्लेख्य योगदान दिन सफल भएको छ।

Esewa
Crest

भट्ट पहिलो पटक २००७ मा एमडिआरटी उपाधिका लागि योग्य हुँदै एलआइसी नेपालमा सर्वोत्कृष्ट अभिकर्ताको उपाधी पाएका उनी सन् २०१२ मा नेपाल लाइफबाट  एमडिआरटीसँगै सर्वोत्कृष्ट अभिकर्ता घोषित भए । उनको यात्रा यतिमा मात्र रोकिएन उनले पछिल्लो तीन वर्षदेखि नेपाल लाइफमा लगातार एमडिआरटी र उत्कृष्ट अभिकर्ताको उपाधि हात पार्दै आएका छन् ।

एमडिआरटी विश्वभरका स्वतन्त्र वित्तीय सल्लाहकारहरूको प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय संस्था हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

7%
sad

दु :खी

0%
amazed

अचम्मित

47%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS