काठमाडौं । बैतडी जिल्लाको मेलौलि नगरपालिका ८ कोटिगाउ बस्ने डम्बर सिह ठगुन्ना र जन्ति साउद दम्पतीले आफ्नो वैवाहिक वार्षिकोत्सबको अवसरमा छोरिलाई बीमा पोलिसी उपहार दिएका हुनु । उनीहरुले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट रु ५ लाख बीमाङ्कको बाल अमृत ३ बीमा पोलिसि उपहार दिएका हुन् ।
ठगुन्ना दम्पतिको पहिलो सन्तानको रुपमा २०८० फागुन ६ गते छोरिको जन्म भएको थियो। छोरिको उज्ज्वल भविष्यका लागि भन्दै उनीहरुले बार्षिक रुपमा रु ३५३०० जम्मा गर्ने गरि सो बीमा पोलिसि उपहार स्वरुप दिए ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी हो। नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि सर्वाधिक रहेको छ।