IME Life New

शेयर बजारलाई नै पूर्णकालीन पेसा बनाउन सकिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केही दिनअघि प्रातकालीन भ्रमणका क्रममा भेट भएका एक मित्रले प्रश्न गर्नुभयो, ‘एउटा प्राइभेट संस्थामा जागिर गरेको ८ वर्षको कमाइबाट गर्न नसकेको कमाइभन्दा तीनगुना बढी १२ लाख लगानी गरेर यो १ बर्षमा शेयर बजारबाट कमाएँ। अब जागिर नै छाडेर शेयर बजारमै फुलटाइमर भएर लाग्नेबारे सोच्दैछु, के सुझाव दिनुहुन्छ ?’ उहाँको जिज्ञासामा मैले दिएको उत्तर धेरैलाई काम लाग्न सक्छ भन्ने सोचेर यहाँ पनि शेयर गर्न चाहेँ।

बजारमा पूर्णकालीन रुपमा लाग्न कसका लागि उपयुक्त ?

Esewa
Crest

यदि तपाइँले दीर्घकालीन हिसाबले लगानी गर्नुभएको कम्पनीहरुले वार्षिक रुपमा दिने लाभांशले राम्रैसँग वार्षिक घर खर्च चल्छ अनि कारोबारका लागि छुट्टै फन्ड छ भने सबै छाडेर पूर्णकालीन रुपमा शेयर बजारमै लाग्न सक्नुहुन्छ। कुनै पनि क्षेत्रबाट रिटायर्ड व्यक्तिका लागि शेयर बजार पूर्णकालीन रुपमा लाग्नका लागि उपयुक्त हुन सक्छ। लामो समय सेवा क्षेत्रमा बिताएकाहरुका लागि शेयर बजार सहज र समय काट्न सजिलो क्षेत्र हो।

थोरै समय दिए पुग्ने हुँदा घरको कामकाज सकेर आफ्नो बचत परिचालन गर्न गृहिणीहरुका लागि पनि पूर्णकालीन रुपमा लाग्न सहज क्षेत्र भनेको शेयर बजार नै हो।

यदि लगानीका लागि पर्याप्त रकम छ र तपाइँ शेयर बजारसम्बन्धी अध्ययन अनुसन्धान, शोध, गर्ने, एड्भाइजरीको काम गरेर आयआर्जन गर्ने सक्नेहरुका लागि पनि पूर्णकालीन रुपमा शेयर बजार नै उपयुक्त हुन्छ।

शेयर बजारसँग सम्बन्धित संस्थाहरु जस्तै– मर्चेन्ट बैंक, ब्रोकर कम्पनी, इन्भेस्टमेन्ट कम्पनीमा कार्य गर्नेहरु यसै पनि शेयर बजारमै पूर्णकालीन रुपमा रहेका हुन्छन्।

बजारमा पूर्णकालीन रुपमा लाग्न कसका लागि अनुपयुक्त ?

  • विद्यार्थी जो आफ्नो अध्ययनसँगै आफ्नो बचतलाई शेयर बजारमा लगाउँदै आएका हुन्छन्, अध्ययनकालमा उनीहरुले पूर्णकालीन रुपमा शेयर बजारमा प्रवेश गर्नेबारे सोच्नु पनि हुँदैन।
  • सीमित रकम लिएर पूर्णकालीन रुपमा बजार छिरेर ट्रेडिङमात्र गरेर कमाउँछु भन्नेहरुका लागि पनि उपयुक्त नहुन सक्छ।
  • निजी तथा सरकारी सेवामा कार्यरत व्यक्तिहरुले आफ्नो नियमित कार्यसँगै सजिलै शेयर कारोबार गर्न सक्ने हुँदा काम नै छाडेर शेयर बजारमै पूर्णकालीन रुपमा लाग्न आवश्यक हुँदैन।
  • सिर्जनात्मक काममा लागेकाहरु जस्तै कलाकार, गायक, संगीतकार, चित्रकार आदिले आफ्नो कर्म नछाडी आफ्नो सिर्जनालाई दिन प्रतिदिन निखार्दै शेयर बजारबाट पनि मनग्य कमाएका उदाहरणहरु पनि प्रशस्तै भेटिन्छन्।
  • उद्योगी, व्यापारी, स्वरोजगारीहरुले पनि आफ्नो कर्मलाई निरन्तरता दिँदै दोहोरो रुपमा शेयर बजारबाट पनि राम्रै आम्दानी गर्ने हुँदा सबै छोडेर शेयर बजारमै केन्द्रित हुनु जरुरी छैन।
  • कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लाग्दै शेयर बजारमा पनि आफ्नो उपस्थिति जनाउँदै आएकाहरुमा पनि सबै छाडेर शेयर बजारमै लाग्छु भन्ने सोच पलायो भने अवस्था कस्तो होला ?

यो विषयमा प्रश्न गर्ने मित्रलाई छुट्टिने क्रममा प्रश्न गरेको थिएँ, ‘यो १ वर्षमा तपाइँले ८ वर्ष जागिर गरेर कमाउनु भएको भन्दा तीनगुना बढी कमाउनु भएछ, बधाइ छ। एउटा कुरा नि तपाइँले बजारमा लगानी गर्न १२ लाख चाहिँ कहाँबाट ल्याउनु भयो ?’

उनले अनकनाउँदै भने, ‘त्यो त आधाभन्दा बढी जागिरबाटै कमाएको बचत अनि बाँकी आफन्तसँगकै सरसापट थियो !’

कुरा प्रस्ट छ, उनले १२ लाखमध्ये आधाभन्दा बढी छाड्ने सोच भएको जागिरबाटै कमाएका रहेछन् भने बाँकी रकम त्यही जागिर देखेर नै आफन्तले विश्वास गरेर दिएका रहेछन् !

निष्कर्षः शेयर बजारमा विद्यार्थी, गृहिणी, कर्मचारी, उद्योगी, व्यवसायी, कलाकार, राजनीतिकर्मीदेखि हरेक क्षेत्रमा आबद्धले कारोबार गर्न सक्दछन् र गरिरहेकै हुन्छन्। यसका लागि भएको नियमित आम्दानीको स्रोत नै छाडेर दौडनुपर्छ भन्ने हुँदैन।

हामीले अन्य क्षेत्रबाट नियमित रुपमा हुने कमाइको केही अंश बचत गरेर त्यसलाई शेयर बजारमा लगानी गरी लगानीलाई बढाउँदै जाने सोच राख्नुपर्दछ। भर्खर बजार प्रवेश गरेकालाई थाहा नहोला तर बजारले कहिले काहीँ थाम्नै नसकिने खुसी दिएसँगै कुनै समय सहनै नसक्ने पीडा पनि दिन्छ भन्ने तथ्य मनन गर्दै नियमित आम्दानीलाई पहिलो प्राथमिकतामा राख्नु जरुरी छ।

मनन गर्नुपर्ने कुरा चाहिँ शेयर बजारबाट हुने आम्दानीमात्र सुखको साथी हो, घाटा दुःखको साथी बन्न सक्दैन भने नियमित रुपमा हुने आम्दानी सुख–दुःख दुवैको सारथि हो।

(शेयर लगानीकर्ता शिव चन्द्रको फेसबुक स्ट्याटसबाट)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS