IME Life New

रिलायबल लाइफबाट २०२४ का लागि सीओटी बन्ने पहिलो अभिकर्ता भइन् गीता, निजी व्यवसायसँगै बीमा क्षेत्रमा सफलता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमान्दारिता र लगनशीलताले मानिसलाई सफलता दिन्छ भन्ने मानसिकता बाकेर हिँड्छिन्, गीताकुमारी तिवारी। उनको घर पाल्पा हो। २०२४ का लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै कोट अफ द टेबल (सीओटी)का लागि योग्य बनेकी तिवारी छोटो समयमै सफलता हात पारेकी छिन्।

विगत १ वर्षदेखि इन्स्योरेन्स क्षेत्रमा लागेकी गीताले हाल आफ्नो निजी व्यवसायसँगै बीमा क्षेत्रमा एकपछि अर्को खुड्किलो पार गर्दै सीओटीसमेत बन्ने मौका पाएकी छन्। उनी अन्तर्राष्ट्रिय एजेन्सी संस्था एमडीआरटी २०२४ को पहिलो एमडीआरटी हुँदै हाल सीओटी २०२४ का लागि योग्य हुन सफल भइन्। यो उनको अपार मेहनतपछिको सफलता हो।

Esewa
Crest

यसैबीच व्यवसाय र बीमा क्षेत्रका ग्राहकलाई उच्चतम सेवा प्रवाह गरेबापत गीताले वर्ष २०२४ सीओटीका लागि योग्य भइन्। आफ्नै गृह जिल्ला पाल्पाबाट बीमा एजेन्सीका रुपमा काम गर्दै आएकी गीताले समयसीमाको १५ दिनअगाडि नै आफ्नो व्यक्तिगत कोडमा प्रथम बीमाशुल्क १ करोड २८ लाख रुपैयाँबराबर पूरा गरी सीओटीका लागि योग्य भएकी पाल्पा शाखा प्रमुख सुवास गैरेले जानकारी दिए। उनका अनुसार २०२४ का लागि रिलायबल लाइफबाट सीओटी योग्य हुने गीता पहिलो अभिकर्ता हुन्।

इमान्दारिता र लगनशीलताको प्रतिफल गीताले प्राप्त गरेको उच्च सम्मान गर्दै यस नमुनायोग्य कार्यले सबै अभिकर्ता एमडीआरटीका साथै कर्मचारीहरुलाई थप उत्साह मिलेको प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले बताए।

एमडीआरटी भनेको मिलियन डलर राउन्ड टेबल हो। यो सन् १९२७ मा विश्वव्यापी रूपमा मान्यता प्राप्त विश्वको सबैभन्दा धेरै बिक्री हुने बीमा एजेन्टहरु र वित्तीय सेवा पेसेवरहरुको स्ट्यान्डअलोन संघका रुपमा स्थापना भएसँगै थप कोर्ट अफ द टेबल (सीओटी), एमडीआरटी सदस्यतालाई जीवन बीमा र वित्तीय सेवा व्यवसायमा बिक्री उत्कृष्टताको सुनौलो मानकका रुपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ।

यो केवल विश्वको सबैभन्दा सफल वित्तीय सेवा प्रदायक एजेन्सीलाई दिइन्छ। जसले क्लबको उत्कृष्ट र चुनौतीपूर्ण योग्यताहरु पूरा गर्दछ।

नेपालजस्तो हालको अवस्थामा एक एजेन्सीले असाधारण व्यावसायिक ज्ञान प्रदर्शन गर्ने, कडा नैतिक आचरण र उत्कृष्ट ग्राहक सेवा गर्दैगर्दामात्र यो उपाधिका लागि योग्य हुन सक्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS