IME Life New

७२६ जनाले उत्तीर्ण गरे अभिकर्ताको अनलाइन परीक्षा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन माध्यमबाट लिन थालेको परीक्षाबाट हालसम्म ७२६ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रोत सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

Crest

चौथो चरणमा गत मंसिर १३ गतेदेखि मंसिर मंसिर १५ गतेसम्म सञ्चालन अनलाइन परीक्षाबाट २१५ जना अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका हुन्। यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना र तेस्रो चरणमा ११६ जनाले अनलाइन माध्यमबाट परीक्षा उत्तीर्ण गरी अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका थिए।

प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्था बमोजिम बीमा मध्यस्थकर्ता ९अभिकर्ता०को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS