IME Life New

बीमा प्राधिकरणको तेश्रो चरणको अनलाइन परिक्षामा उतीर्ण भए १७६ अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि सञ्चालन गरेको अनलाइन परिक्षामा थप १७६ जना परिक्षार्थी उतीर्ण भएका छन् । प्राधिकरणका अनुसार मंसिर ४ देखि ८ गतेसम्म सञ्चालित अनलाइन परिक्षामा सहभागीमध्ये १७६ जना उतीर्ण भएका हुन् ।

प्राधिकरणले प्रकाशन गरेको परिक्षाफल अनुसार नेशनल लाइफबाट ३० जना, एशियन लाइफ १७ जना, सूर्या लाइफ १२ जना आइएमइ लाइफबाट २९ जना प्रभू लाइफबाट ९ जना सिटिजन लाइफबाट ७ जना हिमालयन लाइफबाट २८ जना रिलायबल नेपाल लाइफबाट ६ जना मेटलाइफ एलिकोबाट ५ जना सानिमा रिलायन्स लाइफबाट ४ जना नेपाल लाइफबाट १६ जना र एलआइसी नेपालबाट ७ जना उतीर्ण भएका छन्।

Esewa
Crest

यसअघि कात्तिक महिनामा सञ्चालित परिक्षामा सहभागीमध्ये कूल २१९ जना अनलाइन परिक्षामा उतीर्ण भई अभिकर्ता इजाजत पत्र हासिल गर्न सफल भएका थिए । प्राधिकरणले अभिकर्ता इजाजत पत्र वितरणमा अनियमितता भएको निष्कर्ष सहित अनलाइन परिक्षामार्फत इजाजत पत्र वितरणमा कडाई गरेर व्यवसायीक अभिकर्ता उत्पादनको लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS