IME Life New

‘नगद प्रतिफल भन्दा पनि जोखिम बहनका लागि जीवन बीमा गर्ने बेला हो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व परिवेशमा जीवन बीमाको मूल उद्देश्य जोखिम बहन हो । नेपाल लगायतको दक्षिण एशियाली मुलुकमा आम मानिसले मात्र नभएर शिक्षित वर्गले समेत जीवन बीमा गर्दा बोनश सहितको प्रतिफलको अपेक्षा गर्ने प्रवृत्ती व्याप्त छ ।

बीमाको विशुद्ध उद्देश्य जोखिम बहन नै हो, सूर्यज्योती लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीले शुक्रबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधनको क्रममा भने, अझै पनि हामी जोखिम बहनका लागि मात्र जीवन बीमालेख खरिद गर्न तयार छैनाै‌ं । अध्यक्ष भट्टराईले नेपाल बीमा प्राधिकरणले प्रकाशन गर्ने तथ्या‌ंकले बीमामा पहुँचको अवस्था तुलनात्मकरुपमा सन्तोषजनक भएपनि नेपालमा अल्प बीमाको अवस्था रहेको टिप्पणी गरे। उनले भने, (बिक्री भएका) बीमालेख संख्या धेरै भएपनि बीमांक रकम एकदमै थोरै छ, यसलाई बढाउन अझै धेरै प्रयास गरिनु जरुरी छ।

Esewa
Crest

जीवन बीमालेखको प्राविधिक पक्षका कारण राम्रा बीमालेखको विशेषताहरुबारेमा बीमा कम्पनीका कर्मचारी र अभिकर्ताले सर्वसाधारणको मन मस्तिष्क छुन सक्ने गरी बुझाउन नसक्दा ओझेलमा पर्ने गरेको प्रसङ उल्लेख गर्दै उनले भने, बीमालेखबारे हामी आफै‌ंले पनि प्रशिक्षित गर्न सकेका हुन्नाैं, त्यस्तो अवस्थामा बीमाको प्रचार प्रसारमा सफलता पाउन चुनाैतीपूर्ण हुन्छ। त्यसैले हामीले गर्नुपर्ने धेरै काम छ।

उनले बीमा व्यवसायमा एउटा बीमकले ल्याएको बीमालेखको हुबहु नक्कल अर्को कम्पनीले गर्दै आएको स्वीकार्दै भने हामीले जबसम्म फिल्डमै गएर अनुसन्धान गर्न सक्याैं भने मात्र नाै‌लो विशेषतायुक्त बीमालेख ल्याउन सक्छाै‌ं ।

बीमाको पहुँच र सचेतना दुबैको बिस्तारमा राज्यको मात्र नभएर बीमा नियामक र बीमकको समेत दायीत्व भएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले बीमा सचेतनाका लागि निजी क्षेत्रका बीमकले पनि राज्यकै एउटा अ‌ंगको रुपमा प्रयास गरिरहेकाे बताए । उनले भने, बीमा सचेतनाको दायीत्व हाम्रो पनि हो, यसका लागि हामी नियामकसँग सहकार्य गरेर अघि बढ्न तयार छाैं।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS