काठमाडौं । नेपाल बीमा प्राधिकरणले पहिलो पटक सञ्चालन गरेको अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षामा ३९ जना उतीर्ण भएका छन् । प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागी शुक्रबार सञ्चालन गरेको परिक्षामा कूल ४७ जना परिक्षार्थी सहभागी भएका थिए ।
प्राधिकरणको अभिकर्ता इजाजत पत्र शाखाका अनुसार परिक्षामा सहभागीमध्ये ८ जनाले न्यूनत्तम ५० अंक प्राप्त गर्न नसक्दा अनुतीर्ण भएका हुन् । उनीहरू पुनः आवेदन दिएर अर्को पटकको परिक्षामा सहभागी हुन पाउनेछन् । परिक्षा सञ्चालनको क्रममा कुनै प्राविधिक समस्या नदेखिएको प्राधिकरणले जानकारी दिएको छ।