IME Life New

अभिकर्ता लाइसेन्सको अनलाइन परिक्षाका लागि समय तालिका सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परिक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले आइतबार साँझ वेबसाइटमार्फत् सार्वजनिक गरेको तालिकामा कात्तिक महिना भरमा जम्मा ४ दिन परिक्षा सञ्चालन हुने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार पहिलो परिक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुनेछ। यसैगरी दोश्राे परिक्षा कात्तिक २० गते, तेश्राे परिक्षा कात्तिक २२ गते र चाैथो परिक्षा कात्तिक २४ गते सञ्चालन हुनेछ।

Esewa
Crest

अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परिक्षामा कसरी सहभागी हुने ? यस्तो छ प्रकृया !

परिक्षार्थीले डेढ घण्टाको अवधिमा कुल ५० वटा वस्तुगत प्रश्नमध्ये २५ वटाको सही उत्तर चयन गर्नुपर्नेछ। प्रत्येक प्रश्न २ अ‌ंकभारको हुनेछ। प्रत्येक प्रश्नको उत्तरका लागि चारवटा विकल्प उपलब्ध हुनेछ, यो मध्ये परिक्षार्थीले एउटा सहि उत्तर छनाैट गर्नुपर्नेछ।

प्राधिकरणले प्रत्येक दिनको परिक्षामा १०० जना परिक्षार्थीलाई मात्र सहभागी गराइने जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

10%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS