IME Life New

अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परिक्षामा कसरी सहभागी हुने ? यस्तो छ प्रकृया !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागि  कात्तिक १७ गते देखि सञ्चालन गर्न लागेको अनलाइन परिक्षा सम्बन्धमा बीमकको कर्मचारी र अभिकर्ताबीच अझै अन्याैल छ। पहिलो पटक कार्यान्वयनमा ल्याउन लागिएकाले यसको अभ्यास कसरी गर्ने भन्ने विषयमा प्रयोगकर्ता र सहजकर्ता स्वयमबीच अन्याैलताको अवस्था देखिएको हो ।

प्राधिकरणले अन्याैल हुन नदिनका लागी बीमकको सम्बन्धित विभागका कर्मचारीलाई आफ्नो अनलाइन प्रणाली सम्बन्धमा सम्पूर्ण जानकारी गराएर प्रत्यक्षरुपमा अभिमूखीकरण समेत गरिसकेको छ। परिक्षामा सहभागीता सम्बन्धमा प्राधिकरणले बीमकलाई दिएको निर्देशनका आधारमा अभिकर्ता इजाजत पत्र प्राप्त गर्नका लागि आवश्यक प्रकृयाहरुलाई यहाँ बुँदागतरुपमा समेट्ने प्रयास गरिएको छः

Esewa
Crest
  1. सर्वप्रथम् ईच्छुक व्यक्तिले इजाजत पत्रका लागी आवेदन फारम भरेर बीमकको शाखा, उपशाखा कार्यालयमा दर्ता गर्नुपर्नेछ।
  2. प्राप्त आवेदनका आधारमा बीमकले पूर्व निर्धारित समयमा ४ दिनसम्म परिक्षार्थीलाई बीमासम्बन्धी आधारभूत तालिममा सहभागी गराउनुपर्नेछ।
  3. तालिममा नियमित सहभागी भएका परिक्षार्थीबाट प्राप्त आवेदनका आधारमा बीमकले प्राधिकरणको नियामक सूचना प्रणालीमा परिक्षार्थी सम्बन्धी विवरण प्रविष्टी गर्नुपर्नेछ ।
  4. परिक्षार्थीको व्यक्तिगत विवरणको साथमा प्रवेशिका तहको लब्धांक पत्र, चारित्रिक प्रमाण पत्र, नागरिकता प्रमाण पत्र, करदाता परिचय पत्र (प्यान कार्ड) स्क्यान गरेर वा फाेटो अपलोड गर्नुपर्नेछ। (साबिकको अनलाइन विधिमा अभिकर्ता इजाजत पत्र परिक्षाको लब्धा‌ंक पत्र बीमक स्वयमले नै सूचना प्रणालीमा प्रविष्टी गर्दै आएकोमा अब देखि प्राधिकरणले यो अधिकार आफूमा सीमित गरेको छ।)
  5. बीमकले प्रविष्टी गरेको विवरण र प्रमाण ठीक दुरुस्त छ भने सम्बन्धित परिक्षार्थीको माेबाइल नम्बरमा एसएमएसमार्फत् ओटिपी कोड प्राप्त हुनेछ।
  6. ओटिपी कोड प्राप्त भएपछि परिक्षार्थीले सूचना प्रणालीमा दिइएको मध्ये आफूलाई पायक पर्ने परिक्षा मिति चयन गर्नुपर्नेछ।
  7. परिक्षा मिति चयन गर्न आफू आबद्ध हुन चाहेको बीमकको नाम समेत परिक्षार्थीले चयन गर्नुपर्नेछ।
  8. परिक्षा मिति चयनको समयमा दर्ता शुल्क र इजाजत पत्र परिक्षा शुल्क वापत ५ सयका दरले जम्मा रु‍. १,००० परिक्षार्थीले भुक्तानी गर्नुपर्नेछ । यो शुल्क कनेक्ट आइपिएस, ईसेवा वा खल्ती वालेटका माध्यमबाट अनलाइनमार्फत् नै भुक्तानी गर्न सकिन्छ। शुल्क जम्मा गरिसकेपछि परिक्षा मिति निश्चित हुनेछ ।
  9. परिक्षार्थीले परिक्षामा सहभागीताका लागी प्राप्त हुने लि‌ंक, प्रयोगकर्ता आइडी र पासवर्ड सुरक्षित राख्नुपर्छ।
  10. परिक्षाको लागी तोकिएको समय र मितिमा लि‌ंकमार्फत् परिक्षामा सहभागीता जनाउनुपर्नेछ।
  11. परिक्षामा प्रत्येक प्रश्नको उत्तरका लागी ४ वटा विकल्प उपलब्ध हुनेछ। उत्तर दि‌ंदा उल्लेखित विकल्पमध्ये सर्वोत्तम विकल्प चयन गर्नुपर्नेछ।
  12. परिक्षामा ५० वटा प्रश्नहरू साेधिनेछन् । प्रत्येक प्रश्न २ अंकको हुनेछ।
  13. परिक्षामा उतीर्ण हुनका लागी कम्तीमा २५ वटा प्रश्नको सहि उत्तर छनाैट गर्नुपर्नेछ।
  14. अनलाइन परिक्षामा उतीर्णा‌ङ्क प्राप्त गर्ने परिक्षार्थीको नामावली प्राधिकरणले प्रकाशन गर्नेछ।
  15. प्रकाशित नामावलीका आधारमा परिक्षार्थीलाई प्राधिकरणले अनलाइनबाटै अभिकर्ता इजाजत पत्र र इजाजत पत्र नम्बर उपलब्ध गराउनेछ।
  16. यसरी इजाजत पत्र प्राप्त गरेको मितिदेखि सम्बन्धित परिक्षार्थीले अभिकर्ताको हैसियतमा रहेर काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

10%
sad

दु :खी

8%
amazed

अचम्मित

24%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS