IME Life New

यसरी गर्न सकिन्छ अनलाइनबाटै अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।  बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण डिजिटल माध्यमबाट गर्न मिल्ने व्यवस्था गरेको छ । अभिकर्ता र सर्भेयरहरुले आजैदेखि नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्ने छन् ।

यसका लागि बीमा सर्भेयर र अभिकर्ताले कनेक्ट आइपिएस को साइटमा गएर ‘Semi-government’ मा रहेको बीमा समितिको लोगोमा क्लिक गर्नु पर्नेछ । यसमा क्लिक गरेपछि देखिने बीमा सर्भेयर र बीमा अभिकर्ता पेमेन्टमा गएर अभिकर्ता तथा सर्भेयरले आफ्नो  इजाजतपत्र र जारी मिति टाइप गरेपछि नविकरणका लागि लाग्ने शुल्कको जानकारी प्रणालीले नै गणना गरिदिनेछ ।

Crest

तत्पश्चात् अनलाईनबाटै नविकरण शुल्क बुझाउन सकिन्छ । यसरी बुझाएको रकमको रसिद पिडिएफ फर्म्याटमा प्रिन्ट गर्न सकिनेछ । त्यस्तै संस्थागत बीमा सर्भेयरले पनि कनेक्ट आइपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा [email protected] संस्था नविकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नविकरण अघिका कामले विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नविकरण हुने व्यवस्था छ । व्यक्तिगत बीमा सर्भेयरले भने कनेक्ट आइपिएस मार्फत नविकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नविकरण हुनेछ ।

त्यसैगरी संस्थागत बीमा अभिकर्ताले पनि कनेक्ट आइपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नविकरण शुल्क बुझाउनका साथै समितिको इमेल [email protected] मा संस्था नविकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नविकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नविकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नविकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ ।

त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टममा जान्छ  र त्याहाँबाट अनलाइन प्रणालीबाटै सिफारिस भएर आएपछि सम्बन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा समितिबाट नविकरण हुने व्यवस्था गरिएको छ ।

नविकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा समितिको वेभसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइम गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् ।

अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नबीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटनै इजाजतपत्र नबीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।

हाल देशभरमा गरी नवीकरण योग्य बीमा सर्भेयरको संख्या करिव एक हजार दुईसय पचास र बीमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ । बीमा सर्भेयर र बीमा अभिकर्ताहरुले डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरण गर्नका लागि देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्दछ :

१. Connect IPS Login गर्ने,

२. Payment Tab को Semi-government Tab मा Click गर्ने,

३. बीमा समितिको लोगो भएको Tab मा Click गर्ने,

४. एजेन्ट वा सर्भेयर कुन हो सो Tab मा Click गर्ने,

५. अन्य मागेका आफ्ना विवरणहरु Submit गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS