कामना सेवा विकास बैङकले न्यून आय भएका १०० घरपरिवारलाइ सुरक्षित घर निर्माणको लागि सहुलियत कर्जा प्रवाह गर्ने भएको छ। कामना सेवा विकास बैङकले, पोखरा महानगरपालिका र लुमन्ती आवासका लागि सहयोगी समुहको सहकार्य मा पोखरा महानगरपालिका क्षेत्र भित्र रहेका न्यून आए भएका घरपरिवारको लागि सुरक्षित घर निर्माणको लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने गरि त्रिपक्षिय सम्झौता गरेकोछ ।
पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख मान बहादुर के. सि. तथा प्रशासकिय अधिकृत शेष नारायण पौडेल, बैङकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र लुमन्तिको आवासको लागि सहयोग समुहको तर्फबाट लजना मानन्धरले सम्युक्त रुपमा हस्ताक्ष्यर गर्नु भएको थियो ।
पोखरा महानगरपालिकाको सभाहलमा भएको सम्झौता समारोहमा विभिन्न वडाका वडा अध्यक्षय तथा सचिवहरु, बैङकका सन्चालक द्वय चतुराखर अधिकारी र देव कृष्ण काफ्ले सहायक महाप्रबन्धक टुब राज बास्तोला तथा विभागिय/शाखा प्रमुखहरु, महानगरपालिकाको कर्मचारिहरु, पत्रकार तथा विभिन्न लब्ध प्रतिष्ठिथ व्यक्तिहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- चिनियाँको भरमा कति चल्छ पोखरा विमानस्थल ? क्यानले भन्यो, सधैं ऋण मात्र तिर्न सकिन्न
- राष्ट्रिय जीवन बीमाको सञ्चालकमा थापा मनोनित, नेप्सेमा रावलको इन्ट्री
- बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सरकारले बढायो प्रक्रिया, सिफारिस समिति गठन
- चिनियाँ स्टिलको आयात बढेपछि चिन्तित भारत भन्सार महसुल बढाउँदै