IME Life New
GBIME

सुचना प्रविधि सम्बन्धी मार्गदर्शन बनाउँदै बीमा समिति

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले बीमा क्षेत्रको नियमनका लागी विभिन्न मार्गदर्शन तथा नियमन अनुवाद गर्ने भएको छ । समितिको चालु आर्थिक बर्ष २०७५/७६ बार्षिक कार्यक्रममा समितिले मार्गदशन निर्माण गर्ने र अन्य कानुनहरु अनुवाद गर्ने योजना बनाएको छ ।

चालु आवको बार्षिक कार्यक्रम अनुसार समितिले बीमकको लागी सुचना प्रविधि सम्बन्धी मार्गदर्शन निर्माण गर्ने भएको छ । बीमा कम्पनीहरुको सुचना प्रणालीमा एक रुपता ल्याउँन समितिले यस्तो खालको मार्गदर्शन निर्माण गर्ने योजना बनाएको हो । समितिको चालु आवको कार्यक्रममा उक्त मार्गदर्शन निर्माण गर्ने योजना रहेको छ ।

Crest

त्यसैगरी समितिले बीमकको जोखिम व्यवस्थापन मार्गदशन तथा आन्तरिक नियन्त्रण मार्गदर्शन निर्माण समेत गर्ने भएको छ । बीमा कम्पनीहरुमा जोखिम अवस्था बढ्दै गएकोले यसको व्यवस्थापन को लागी समितिले जोखिम व्यवस्थापन सम्बन्धी पनि मार्गदशन तयार गर्ने भएको हो ।

जीवन बीमा गर्ने बीमकको आर्थिक लेखाजोखा र दायित्व सम्बन्धी निर्देशिका, २०६५ संशोधन गर्ने भएको छ । समयसापेक्ष परिमार्जन गर्नुपर्ने भएकोले चालु आवको बार्षिक कार्यक्रममा समितिले उक्त योजना समेत समेटेको छ । साथै बीमा क्षेत्रलाई अझै शसक्त बनाउँन समितिले बीमा सम्बन्धी विभिन्न कानुन, नियम तथा निर्देशिकाहरु अनुवादन गर्ने भएको छ ।

समितिले चालु आवको कार्यक्रम उक्त योजना समावेश गरे पनि पूर्णता पाउँने सम्भावना भने कम देखिन्छ । चालु आवको सात पुगीसक्दा पनि उक्त कुनै पनि कार्यको सुरुवात नै भएको छैन । त्यसैले भोलिको दिनमा यसले पूर्णता पाउँनेमा भने शंका देखिएको छ ।

त्यसैगरी समितिले चालु आवमा बीमा सम्बन्धी जनचेतना बढाउँन विभिन्न कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ । विभिन्न निकाय र सरोकारवाला पक्षहरुसँग अन्र्तक्रिया र छलफललाई घनीभूत बनाउँने, विद्यालय, विद्यार्थीहरुसँग छलफल गर्ने र पाठ्यक्रममा बीमा समावेश गर्ने समितिको योजना रहेको छ ।
जस अनुसार समितिले अहिले विभिन्न स्थानिय निकासँग बीमा सम्बन्धी अन्र्तक्रिया आयोजना गरी रहेको छ । साथै बीमा कम्पनीका लगानीकर्ता र कर्मचारीहरुसँग छलफल पनि गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS