Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।

जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

Prabhu
Crest

बैंकले १० वर्ष अवधिको ८.५० प्रतिशत व्याजदर भएको ऋणपत्र निष्काशन गरेको हो । बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS