IME Life New

कामना सेवा बैंकद्वारा डिजिटल एआई असिस्टेन्ट ‘केएस मित्र’ सेवा सुरु, के-के छन् सुविधा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ।

ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.kamanasewabank.com मा उपलब्ध आस्क केएस मित्र आइकनमार्फत email [email protected] मार्फत तथा सीधै ह्वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताका बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासोे सम्बन्धी जिज्ञाशा राख्न सक्नेछन्।

Esewa
Crest

केएस मित्रमार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा बारे जानकारी लिन, खातासम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्नेजस्ता सेवा प्राप्त गर्न सक्नेछन्। केएस मित्रमार्फत ग्राहकले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरु, ब्याजदर, सेवा–शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्नेछन्।

ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट, केवाईसीलगायतका जानकारी पनि लिन सक्नेछन्।

त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरु पनि लिन सक्नेछन्। यदि ग्राहकले केएस मित्रमार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रुपमा टिकट जारी गरिनेछ। यसबाट ग्राहकका जिज्ञाशा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुनेछ।

डिजिटल एआई एसिस्टेन्ट केएस मित्र सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकले जनाएको छ। डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयासअन्तर्गत केएस मित्र सञ्चालनमा ल्याइएको हो। यस सेवाले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ।

बैंकले ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने यो पहल बैंकको ‘फ्युचर रेडी’ अवधारणाअनुरुप अघि बढाइएको हो। यसका साथै, बैंकले ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै विशिष्ट बचत खातामार्फत उपलब्ध गराइने डोरस्टेप बैंकिङ सेवालाई डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई समेत प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS