IME Life New

मञ्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारितसँगै यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले सभा आउँदो कात्तिक २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८२।८४ का लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा करसहित १५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेका छन्।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता अर्थात ४० करोड रुपैयाँबराबरको ८.७५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र वितरण गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि जारी प्राथमिक पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले बोनस शेयर वितरण र अग्राधिकार शेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

अधिकृत पुँजी १ अर्ब ३६ करोड रहेकोमा बोनस शेयर समायोजन तथा अग्राधिकार शेयर जारीपछि अधिकृत पुँजी १ अर्ब ८३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS