IME Life

मन्दीसँगै बीमा कम्पनीका सीईओहरुको कार्यसम्पादन कमजोर, यसरी हुनसक्छ जागिर चट्

SPIL
NIC ASIA

काठमाडौं । बीमा ऐनको २०७९ को प्रावधान अनुसार बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुने व्यक्तिले व्यवसायीक कार्ययोजनाका आधारमा सञ्चालक समितिसँग करार गर्नुपर्छ। चार वर्षे कार्यकालका लागि नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतले व्यवसायीक योजना अनुसार सन्तोषजनक कार्य सम्पादन गर्न नसकेको अवस्थामा सञ्चालक समितिले जुनसुकै समयमा पदबाट बर्खास्त गर्न सक्छ ।

बीमा ऐन २०७९ को दफा ५७ को उपदफा(२) मा कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुने र बढीमा एक कार्यकालका लागि पुनः नियुक्ति हुन सक्नेछ भन्ने प्रावधान छ । यसैगरी उपदफा ३ मा कार्यकारी प्रमुखको कार्य सम्पादन सन्तोषजनक नभएको अवस्थामा जुनसुकै बखत पदबाट बर्खास्त गर्न सक्ने अधिकार सञ्चालक समितिसँग रहने प्रावधान छ।

Prabhu
Crest

पछिल्लो समयमा केही बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्य सम्पादन सन्तोषजनक नभएको अवस्थालाई नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्ने मासिक प्रगती विवरणले प्रष्ट्याएको छ। मासिक प्रगती विवरणको आधारमा सञ्चालक समितिले प्रमुख कार्यकारीसँग व्यवसाय सन्तोषप्रद किन हुन नसकेको भन्दै स्पष्टीकरण समेत मागेका छन् । अन्य बीमा कम्पनीले उच्च जोखिम मोलेर र गैर व्यवसायीक तरिका अपनाएर बीमाशुल्क आम्दानी बढाएको भन्दै कमजोर प्रमुख कार्यकारीले स्पष्टीकरण दिएर उम्किने प्रयास गर्दै आएका छन् ।

आर्थिक शिथिलताका कारण पछिल्लो समयमा बीमा व्यवसाय ओरालो लागेको हुँदा परम्परागतभन्दा फरक ढ‌ंग र असल व्यवसायीक सम्बन्धमार्फत् व्यवसाय भित्र्याउन नसक्ने प्रमुख कार्यकारीलाई जागिरमा टिकी रहन चुनौती हुने देखिएको छ। कम्पनीको बीमा व्यवसायको वृद्धिमा पुर्याएको योगदानसँगै लगानीको उचित व्यवस्थापनसँगै प्राप्त खुद मुनाफालाई प्रमुख कार्यकारी अधिकृतको कार्य सम्पादनको आधार बनाइने गरिएको छ। महँगो तलब सुविधा प्राप्त हुने गरी पदभार ग्रहण गरेका केही प्रमुख कार्यकारीले नेतृत्व सम्हालेयता कम्पनीको व्यवसाय वृद्धि हुनुको सट्टा बजार हिस्सा झन् झन् ओरालो लाग्दै गएको अवस्था छ।

जीवन बीमा कम्पनीका लागि नयाँ बीमा व्यवसाय अर्थात् प्रथम् बीमाशुल्क आम्दानीले ठूलो महत्व राख्छ। नयाँ व्यवसायले बीमा कम्पनीको व्यवसाय निरन्तरतालाई मार्ग निर्देश गर्छ। नविकरण बीमाशुल्क मात्र आर्जन हुने र नयाँ व्यवसायवापत प्रथम् बीमाशुल्क आम्दानी ओरालो लाग्दै जाने हो भने बीमा कम्पनी लामो समयका लागि अस्तित्वमा रहन कठिन हुन्छ।

केही प्रमुख कार्यकारीले कमजोर कार्य सम्पादनको आक्षेपबाट जोगिनका लागि आर्थिक मन्दीलाई दोष दिई रहेका छन् भने बाठा प्रमुख कार्यकारीले कूल बीमाशुल्कको आधारमा तुलना गरेर आफ्नो कार्य सम्पादन सन्तोषजनक रहेको दाबी गर्दै आएका छन् ।

कमजोर व्यवसायीक रणनीति र कमजोर अभिकर्ता सञ्जाल हुने जीवन बीमा कम्पनीका लागि बीमा व्यवसाय चुनाैतीपूर्ण हुन्छ। नेपालको जस्तो परम्परागत शैलीमा बीमा बजारीकरण गर्नुपर्ने अवस्थामा जीवन बीमा कम्पनीको व्यवसाय अभिकर्तामाथि नै निर्भर हुन्छ।

अहिले बीमा कम्पनीमा सञ्चालक समितिले प्रमुख कार्यकारीलाई व्यवसायीक प्रगती सन्तोषजनक नहुनुको स्पष्टीकरण माग्दा प्रमुख कार्यकारीले बजार विभाग प्रमुखलाई बजार विभाग प्रमुखले शाखा प्रमुख र मार्केटिङ इन्चार्जहरुलाई औंला देखाउँदै आफ्नो कमजोरी  लुकाउने प्रयास जारी राखेका छन् । यस बाहेक कम्पनीको व्यवसायीक प्रगती राम्रो भएको अवस्थामा सबै जस आफै‌ंले लिन तम्सिने प्रमुख कार्यकारी अधिकृतले व्यापार खस्किँदाको अपजश बोक्न चाहेका छैनन् , आफूभन्दा मुनिकालाई दोष दिएर उम्किने हर स‌ंभव प्रयास जारी राखेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%

खुसी

6%

दु :खी

12%

अचम्मित

47%

उत्साहित

24%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS