IME Life

कलाकारिताबाट उदाएकी जान्वीलाई बीमाको साथ, अहिले अभिकर्ता पेसाबाटै नाम र दाम

SPIL
NIC ASIA

काठमाडौं । जान्वी नामले चिनिएकी जानुका बोहरा पेसाले बीमा अभिकर्ता हुन् । निडर स्वभावकी जान्वी अभिकर्तामात्रै नभई कलाकारसमेत हुन् । हाल जान्वी एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको भूमिकामा रहेकी छन् । उनले बीमा क्षेत्रमा जस्तै नेपाली कलाकारिताको क्षेत्रमा पनि अथाह मेहनत र संघर्ष गरिन् । उनले विभिन्न फिल्ममा अभिनयसमेत गरेकी छन् । जान्वी भन्छिन् ‘कलाकारिता क्षेत्र मेरो प्यासन हो ।’

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६ टेकनपुरमा स्थायी घर भएकी जान्वी सामान्य परिवारमा जन्मिएकी हुन् । २०४५ सालमा उनको जन्म भयो । स्नातक तहसम्मको अध्ययन पूरा गरी जान्वी अहिले स्नाकोत्तर पढ्दैछिन् । जान्वी भन्छिन्, ‘बुवा सरकारी जागिरे हामीलाई पढाइ–लेखाइका लागि कहिले पनि कमी–कमजोरी गर्नुभएन । त्यही कारणले पनि हामीले राम्रो शिक्षा–दीक्षा पायौं । जसका कारण आज विभिन्न क्षेत्रमा सफलता पाएका हौँ ।’ आफूले पनि केही गर्नुपर्छ । परिवारमा आर्थिक साहयता गर्नुपर्छ भन्ने मानसिकता भएकी जान्वीले विभिन्न क्षेत्रमा काम गरिन् । स्कुल पढ्दादेखि नै जान्वीले सडक नाटकहरु गर्दै आएकी थिइन् । यसले गर्दा पनि उनलाई कलाकारिता क्षेत्रमा रुचि बढ्यो ।

Prabhu
Crest

यसरी लागिन् अभिकर्ता पेसामा
जान्वीले विभिन्न एनजीओ तथा आईएनजीओमा पनि काम गरेकी छन् । जान्वी कामकै सिलसिलामा विभिन्न गाउँमा चेतनामूलक कार्यक्रम लिएर पुग्थिन् । सामाजिक काममा निकै अग्रसर जान्वीले २०६४ सालमा शिक्षक बन्ने मौका पाइन् । काम गर्दै जाँदा जान्वीको मनमा अलि धेरै पैसा कमाउने सोच थियो । तर, आफू भने शिक्षक पेसामा आबद्ध भएकोले धेरै पैसा कमाउन कसरी सम्भव थियो । ‘बोर्डिङको जागिर त्यही त हो थोरै तलब’, जान्वीले भनिन्, ‘एक दिनको कुरा हो, मेरै स्कुलमा पढाउने टिचर बीमा एजेन्ट हुनुहुँदो रहेछ । अनि मेरी साथीलाई उहाँले एजेन्ट बन्नुस् भन्ने सल्लाह दिएका रहेछन् । तर, मेरी साथीले मलाई खासै धेरै बोल्न पनि आउँदैन, बरु मेरी साथी जान्वी बोल्न पनि सक्छे, फरवार्ड पनि छे भनेर साथीले मलाई तँ एजेन्ट बनेर काम गर राम्रो छ रे भनिन् । त्यसपछि बीमा अभिकर्ता त राम्रो पेसा पो रहेछ, आम्दानी पनि हुने धेरै समय पनि दिनु नपर्ने भन्ने मलाई लाग्यो र मैले शिक्षण पेसालाई बिट मारेर एजेन्ट बन्ने दौडमा लागेँ ।’

जान्वीले भनिन्, ‘मैले एजेन्ट बन्नका लागि कम्पनीमा आफैँ बुझन गएँ । त्यसपछि २०६५ सालमा एशियन लाइफले चरिकोटमा बीमा अभिकर्ता तालिम सञ्चालन गर्दैछ रे भन्ने सुनेपछि म तालिम लिनका लागि चरिकोट गएँ । तालिम पनि लिएँ । अन्ततः २०६५ सालमा मैले एजेन्टको लाइसेन्स पनि लिएँ । लाइसेन्स लिँदा धेरै संघर्षपछिको मेरो जितजस्तै लागेको थियो । आफ्नो खुसीले गरेको पेसा पनि भएर होला यो पेसाप्रति म धेरै सन्तुष्ट छु ।’ यो पेसामा परिवारबाट धेरै साथ सपोर्ट पाएको जान्वीले बताइन् ।

जान्वीले लाइसेन्स लिएपछि सुरुको बीमा आफ्नै गराइन् । अभिकर्ता बनेको सुरु–सुरुमा ‘बीमा गराउनुस्, यति पैसा लाग्छ’ भनेर हिँड्न अलि अप्ठ्यारो भएकाले जान्वीले आफन्त र साथीभाइको बीमा गराइन् । ‘पछि सबैले जान्वीले ‘बीमा गराउँछ रे’ भन्ने थाहा पाएपछि कतिले त आफैँ बीमा गराउन आउनुभयो’, स्मरण गर्दै उनले भनिन्, ‘पहिला–पहिला त बीमा कसैले बुझेका नै थिएनन् । सबैले ठग्ने पेसा हो भन्थे । तर, हिजोआज बीमाको बुझाइ अलि फराकिलो भएको छ ।’ धेरै समय दिन नपर्ने, सामाजिक क्षेत्रमा पनि जोडिएको पेसा, लगानी नगरी आफूले बोलेको भरमा आम्दानी गर्न सकिने यो पेसा आफूलाई धेरै मन पर्ने जान्वीको भनाइ छ । बीमा पैसा हुनेका लागिभन्दा पनि पैसा नहुनेका लागि धेरै महत्व रहेको उनको बुझाइ छ ।

अभिकर्ता पेसाप्रति सन्तुष्ट छु
अभिकर्ता पेसामा आफ्नो आम्दानीसँगै सामाजिक रुपबाट आर्थिक प्रत्याभूति, समाज सेवाजस्ता कार्यहरु पनि गर्न सकिन्छ । ‘आम्दानीका लागि जे काममा पनि मेहनत त गर्नैपर्छ तर यो पेसामा समयको सीमा हुँदैन, जसले गर्दा आफूले सकेजति आम्दानी गर्न सकिन्छ’, जान्वीले भनिन्, ‘अभिकर्ता पेसामा लागेपछि एकदम सन्तुष्ट महसुस गरेको छु । शिक्षण पेसा छोडेर अभिकर्तामा आएसँगै नाम र दाम दुवै कमाएकी छु । बीमा एक किसिमको मानव सेवा हो । साथै, आम्दानीको एउटा पाटो पनि हो । त्यसैले म धेरै खुसी छु ।’

बीमाको महत्व धेरै
‘बीमा आर्थिक सुरक्षा हो, आजको स–सानो बचतले भोलिको ठूलो आर्थिक जोखिम बहन हुन्छ । बीमा भनेको अनिवार्य बचत हो, अरु बचतलाई आवश्यक पर्न साथ चलाइन्छ तर बीमाको बचतलाई चलाइँदैन र अन्तिममा एकमुष्ट रकम प्राप्त हुन्छ । बीमा सुरक्षा पनि हो, कुनै एक व्यक्ति आज बिहानदेखि बेलुकीसम्म खटेर आफ्नो परिवारका लागि काम गरिरहेको हुन्छ । यदि केही गरी उसको परिवारमा त्यो व्यक्ति नै रहेन भने आर्थिक रुपमा परेको भारलाई चाहिँ बीमाले मद्दत गर्दछ ।

‘अहिलेको समयमा बीमा अपरिहार्य छ । आज समाजमा कोही–कसैले पनि सहयोग गर्छ भन्ने छैन’, जान्वीले भनिन्, ‘त्यसैले कुनै एउटा बीमा पोलिसी खरिद गरी राख्यो भने भविष्यमा पर्न सक्ने आर्थिक भारलाई केही हदसम्म बीमाले मद्दत गर्नेछ।’

अभिकर्तामा धेरै गुण हुनुपर्छ
एउटा बीमा अभिकर्तामा असल छवि, पारदर्शीता, लगनशीलता, बोलीमा मीठासपन, हसिलो व्यवहार र धर्यताजस्ता गुण हुनु आवश्यक रहेको जान्वीले बताइन्। ‘एक बीमा अभिकर्तामा ग्राहकलाई इन्स्योरेन्सको काममात्र होइन, उनीहरुलाई परेको समस्याहरुलाई समाधान गर्न सक्ने गुणहरु हुनुपर्छ’, उनले भनिन्, ‘कम्पनीको जानकारी दिइरहने, नरम बोल्ने स्वभाव, झुटो नबोल्नेजस्ता गुण एक बीमा अभिकर्तामा हुनु जरुरी हुन्छ ।’

यतिमात्रै नभएर अभिकर्तामा इमान्दारिता, सम्बन्धित विषयवस्तुको ज्ञान साथै सकारात्मक सोचजस्ता गुण हुनुपर्ने जान्वीको विचार छ। ‘बीमा कम्पनीमा अभिकर्ताको निकै महत्वपूर्ण योगदान रहेको हुन्छ । त्यसकारण पनि अभिकर्ता असल हुन जरुरी छ’, उनले भनिन्।

जान्वीले बीमा क्षेत्रमा आफु निरन्तर काम गर्ने बताइन् । कम्पनीले दिने हरेक टार्गेट मिट गर्न आफु प्रतिबद्ध रहेको उनको भनाई छ । उनी ब्रान्च टपर पनि भएकी छिन् । कम्पनीले दिएको टार्गेट मिट गरी विभिन्न देश घुम्ने मौका पनि पाएकी थिइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS