IME Life

बीमा भनेको सहज र सुखको लगानी, असहज र दुःखको खजाना होः एजेन्सी म्यानेजर रेग्मी

SPIL
NIC ASIA

काठमाडौं । ‘बीमा शिक्षक सर’को नामले प्रख्यात बाबुराम रेग्मी पेसाले अभिकर्ता हुन् । बीमाबारे चेतना फैलाउँदै हिँड्ने भएकाले नै बाबुरामलाई सबैले बीमा शिक्षक सर भनेर चिनेका हुन् । बाबुरामले आफ्नो टोल–छिमेकमा मात्रै होइन हरेक क्षेत्र सुगमदेखि दुर्गमसम्ममा बीमासम्बन्धी ज्ञान बाँड्ने गरेका छन् । यही कारण पनि बीमा शिक्षकको नामले आफ्नो परिचय बनाउन सफल भएका हुन् । उनी सिटिजन लाइफको वालिङ शाखा कार्यालयका एजेन्सी म्यानेजर हुन् ।

बाबुराम २०२७ सालमा स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा जन्मिएका हुन् । उनको बाल्यकाल सामान्य परिवारमा बित्यो । रेग्मीले आफ्नो जन्मस्थानबाटै एसएलसीसम्मको अध्ययन गरे । एलएलसीपछि रेग्मीले वालिङबाटै प्लस टुसम्मको अध्ययन सकाए । उनले आफ्नो पढाइलाई प्लस टुमै बिट मारेर सरकारी जागिरतिर लम्किए । प्लस टुपछि रेग्मीले प्रावि तहको स्थायी दरबन्दीमा नाम निकाले । २०४८ सालमा प्रावि शिक्षकको स्थायी नियुक्ति लिएर उनले पढाउन सुरु गरे ।

Prabhu
Crest

सानैदेखि मेहनत र संघर्ष गर्न रुचाउँथे बाबुराम । उनी मेहनती भएकै कारण शिक्षक र अभिकर्ता पेसामा सफल छन् । रेग्मी मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एउटा महत्वपूर्ण पाटो सम्झेर अगाडि बढिरहे ।

यसरी जोडिन पुगे अभिकर्ता पेसामा
शिक्षक पेसामा आबद्ध रहँदै आएका बाबुरामलाई एक्स्ट्रा कमाइका लागि मनमा कौतुहल्ता रहेको थियो । बीमाबारेमा आफैँले बुझ्दै जाँदा उनलाई बीमा अभिकर्ता पेसा कमाइ र सेवाको हिसाबले राम्रो लागेको थियो । आफैँबाट बीमा अभिकर्ता पेसामा प्रेरित भएका बाबुरामलाई आफ्नै स्कुलमा पढाउने शिक्षकले पनि अभिकर्ताका बारेमा सुनाउँदा यो पेसा ठीक लाग्यो । ‘आफैँले रुचाएको पेसामा स्कुल पढाउने शिक्षक दीपकराज काफ्लेले बुझाउँदा यस पेसामा जान झनै सहज बाटो भयो’, बाबुरामले भने, ‘अभिकर्ता पेसामा कमाइको पाटो त छँदैछ समाजलाई दुःख पर्दा राम्रो भविष्य स्थापित गर्न पनि अभिकर्ताको हात हुने, बीमा गराउन लगाउने बचत गर्नुस् भनेर अभिकर्ताले सिकाउने एउटा सामाजिक पेसा होजस्तो लागेर पनि म यस पेसाप्रति धेरै आकर्षित भएँ ।’

बाबुरामले २०६२ सालमा एलआईसी नेपालबाट लाइसेन्स लिई काम गर्न सुरु गरे । करिब १३ वर्ष एलआईसी नेपालमा काम गरेका बाबुरामले स्कुलको जागिरे जीवनबाट अवकाश लिएर २०७५ सालमा सिटिजन लाइफबाट अभिकर्ताको काम सुरु गरेका थिए । उनलाई सिटिजन लाइफको पोलिसीका राम्रा र उत्कृष्ट विशेषताहरुले सिटिजन लाइफमा डोर्याएको थियो । एलआईसी नेपालमा ३०० बढी बीमा पोलिसी बेचेका बाबुरामले सिटिजन लाइफबाट २०० बढी पोलिसी बिक्री गरिसकेका छन् । सिटिजन लाइफमा प्रवेश गरेपछि बाबुरामले पहिलो बीमा आफ्नै गराएका थिए । उनलाई शिक्षण पेसाले गर्दा पनि यस पेसामा काम गर्न सहज भयो। ‘शिक्षक भएकै कारण मलाई सबैले विश्वास गर्थे’, उनी भन्छन्, ‘शिक्षक भएकै कारणले गर्दा जनमानसको मनोभावना बुझ्न सक्छु । मैले बीमामात्रै गराउने गरेको छैन । मैले बीमितहरुलाई गाह्रो भएको समयमा सहयोग गर्ने गरेको छु । यही कारणले गर्दा पनि मैले यस पेसाबाट कहिल्यै पछि हट्न परेको छैन।’

एलआईसी नेपालमा हुँदा बाबुरामले स्कुल पढाउँथे । त्यति धेरै समय दिन उनी पाउँदैनथे। तर, सिटिजन लाइफमा फुल टाइम दिएर पनि उनले सबैलाई बीमाबारे बुझाउन सफल भएका छन् । बाबुराम भन्छन्, ‘मैले बीमा सबैलाई बुझाउने गरेको छु तर म सबैलाई सिटिजन लाइफमै गर्नुपर्छ भनेर फोर्स गर्दिनँ । जुन कम्पनीमा गरे पनि हुन्छ तर सेवा–सुविधा राम्रो भएको ठाउँमा गर्नुस् भन्छु । किनकि अभिकर्ताले फोर्सफुल्ली बीमा गराउनु हुँदैन, बीमितको चाहनाअनुसार बीमा गराए भने पोलिसी सरेन्डर हुने सम्भावना कम हुन्छ।’

‘मलाई बीमितहरुबाट राम्रो प्रतिक्रिया आउने गरेको छ । बीमितहरुले नै भन्ने गर्छन् ‘सर तपाइँले गर्दा हाम्रो भविष्य सुरक्षित भएको छ’, बाबुरामले भने, ‘परिवारमा कोही बिरामी भएको खण्डमा हामीले सस्तो ब्याजमा ऋण पाएका छौँ भन्छन् । हाम्रो बचत गर्ने बानी विकास भएको छ भन्ने प्रतिक्रिया बीमितहरुबाट आउँछ। यिनै कुराले गर्दा पनि मैले अझै काम गर्नका लागि आँट र साहस पाएको छु ।’

बाबुरामको बुझाइमा बीमा अभिकर्ता पेसा विशुद्ध समाज सेवा गर्ने पेसा हो । ‘यस पेसामा न कसैको दबाब सहनुपर्छ न त कुनै झन्झट नै’, उनी भन्छन्, ‘अभिकर्ता एउटा स्वतन्त्र पेसा हो । जहाँ हामीले आफ्नो खुसीमा आम्दानी गर्न सक्छौँ।’

बाबुरामको बुझाइमा बीमाको फाइदा
बाबुराम बीमाको धेरै फाइदा रहेको बताउँछन् । ‘बीमा बचत र लगानी दुवै हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्ति हो’, बाबुराम भन्छन्, ‘आफू हुँदा आफूलाई र आफू नहुँदा परिवारलाई सहायता हुने, एकैचोटी धेरै लगानी गर्नुनपर्ने थोरै लगानीबाट दुर्घटना, भवितव्य पर्दा अनि पोलिसीमा तोकिएको रोग लाग्दा सहानुभूति पाइने, पूर्ण रुपमा अपांगता भएमा जिउने माध्यम नै बीमा हो । बीमा दुःखको साथी, वृद्धको सहारा हो । सहज र सुखको लगानी, असहज र दुःखको खजाना हो । त्यसकारण बीमा आफूलाई चाहिँदा खरिद गरेजस्तो साधान होइन । बीमा त सहज परिस्थति हुँदा खरिद गरी असहज समयमा काम लाग्ने साथी हो ।’

बीमा अभिकर्तामा हुनुपर्ने गुण
बीमा अभिकर्तामा धेरै सकारात्मक गुण हुनु आवश्यक रहेको बाबुरामको भनाइ छ । ‘धैर्यता, सहनशीलता, झन्झट नमान्ने खालका गुण बीमा अभिकर्तामा हुनुपर्दछ । बीमा अभिकर्तामा सम्बन्धित विषयवस्तुको ज्ञान हुनुपर्छ । साथै, आफू आबद्ध कम्पनीका बारेमा पर्याप्त जानकारी राख्न हुनुपर्छ। आफ्नोमात्र नभएर अरु बीमा कम्पनीका बारेमा जानकारी राख्नुपर्छ’, उनले सल्लाह दिँदै भने, ‘यसका साथै जुन कम्पनीको प्रतिनिधित्व गर्ने हो, त्यस कम्पनीको बोनसदर, बीमा कोष, पुँजी लगानीलगायतका अन्य वित्तीय सूचकहरु पनि बुझ्नु जरुरी हुन्छ । यस्ता ज्ञान र गुण एक बीमा अभिकर्तामा हुनु अपरिहार्य छ ।’

बाबुराम एलआईसी नेपालबाट ३ पटकसम्म एमडीआरटी बन्ने मौका पाए । एलआईसीबाट आफ्नो टार्गेट पूरा गरी देश–विदेश घुम्ने शौभाग्य पनि उनले पाए । सिटिजनबाट भने बाबुराम गोल्ड क्लबमा २ पटक र सिल्भर क्लबमा ३ पटक छनोट भएका छन् । आफू रहँदासम्म पनि यही क्षेत्रमा आबद्ध रहने बाबुरामले प्रतिबद्धतासमेत जनाएका छन् । उनले ३०० बढी अभिकर्ता बनाइसकेका छन् । ‘मलाई आफ्नो टार्गेट मिट गर्नुभन्दा पनि समाजमा बीमा कसरी बुझाउने ? मानिसहरुलाई अभिकर्ता बनाएर कसरी धेरैलाई रोजगारी दिने भन्नेतिर म अग्रसर भएर पनि आफुनो टार्गेट नै मिस गरिरहेको छु’, उनी भन्छन्।

सबैलाई सुझाव दिँदै बाबुरामले भने, ‘बीमा सबैका लागि आधारभूत आवश्यकता नै हो । जस्तो गाँस, बाँस र कपासलाई हामी आधारभूत आवश्यकता मान्छौँ, त्यसैगरी सबैले बीमालाई नभई नहुने आवश्यकता सम्झेर बीमा गराउनुपर्छ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS