IME Life
Beema Board

अभिकर्ता पेसाबाट मनग्य आम्दानी गर्दै रुपक, भन्छन्: आधुनिक समयको सामाजिक काम पनि हो

SPIL
NIC ASIA

काठमाडौं । सफल जीवन बीमा अभिकर्ताको नामले आफ्नो परिचय बनाउन सफल छन्, ‘रुपक पराजुली’ । अथाह मेहनत र संघर्षले आफ्नो परिचय बनाएका रुपक २०४९ सालमा थाक्रे गाउँपालिका–३ मा जन्मिएका हुन् । हाल रुपक नेशनल लाइफको कलंकी ब्रान्चबाट बीमा शिक्षा दिँदै हिँडेका छन् । सानैबाट रुपक परिश्रम र मेहनत गर्न रुचाउँथे । रुपकले परिश्रम गर्न आफ्नै किसानी बुवाबाट सिकेका हुन् । रुपक नेशनल लाइफका एजेन्सी म्यानेजर हुन् । आफ्नो बुवाले गरेको मेहनतले प्रेरित भई रुपक आज आफ्नो जीवनमा सफलताको बाटो अगाडि बढाइरहेका छन्। ‘बुवाले हामी सानो हुँदादेखि नै काममा धेरै मेहनत गर्नुहुथ्यो । हुन त बुवा–आमा किसानी हुन्’, रुपकले दुःख स्मरण गर्दै भने, ‘किसानी बुवा–आमाको छोरा भएकै कारण दुःख गर्न सिक्यौँ । मेहनत गर्दाको फल थाहा पायौँ । आज त्यही बुवा–आमाको मेहनतको फल हामीले सफल रुपमा पाएका हौँ ।’

रुपकले एसएलसीसम्मको अध्ययन आफ्नै गाउँको स्कुलबाट पूरा गरे । एसएलसी लगत्तै रुपकले आफैँ केही गर्नुपर्छ भन्ने मानसिकता लिएर गाउँमै पोल्ट्री फार्म सञ्चालन गर्ने मनासाय बनाए । उनले देखेको यो सपना आर्थिक अभावका कारण टुटाउनु पर्यो । आफ्नी माइजूले उक्त फार्मका लागि सहयोग गर्ने भने पनि माइजूको साथले मात्रै उक्त व्यवसाय सञ्चालन गर्न असम्भव भएपछि रुपकले त्यो सपनालाई त्याग्नुको विकल्प रहेन । त्यसपछि ‘प्लस टु पनि पढ्छु, केही काम पनि गर्छु’ भन्ने अठोटका साथ रुपक २०६७ सालमा सुनौलो भविष्यको खोजीमा राजधानी पसे ।

Prabhu
Crest

रुपकले मेहनत र लगनशीलतालाई आत्मासाथ गर्दै अगाडि बढिरहे । उनी भन्छन्, ‘ममा सानैदेखि मेहनत गर्ने बानी थियो र मैले काठमाडौँ आएपछि पनि मेहनत गर्न छाडिनँ । मेरो मेहनत गर्ने बानी र लगनशीलताले गर्दा नै आज यो ठाउँमा आइपुग्न सफल भएको हुँ ।’ उनले कक्षा ११ अध्ययन गर्दै काठमाडौँ छिरेपछिको पहिलो जागिर सहकारीबाट सुरु गरेका थिए । समय वित्दै जाँदा रुपक आफ्नो मामासँग रोडा–बालुवा सप्लायर्सको काम गर्न लागे । यो व्यवसायमा उनको आम्दानी राम्रो नै थियो ।

यसरी लागे अभिकर्ता पेसामा
रुपक आफ्नो मामासँग राम्रो आम्दानी हुने व्यवसायमा अल्झिरहेका थिए । ‘एक दिनको कुरा हो, मेरी बहिनीको मितिनी मेरो कोठामा आइन् । उनले मलाई बीमाको प्रस्ताव लिएर दाइ बीमा गर्नुपर्छ भन्ने उद्देश्यले आएकी रहिछिन्’, उनले भने, ‘बहिनी तिमीले मलाई बीमा के हो ? बीमाले के के फाइदा दिन्छ ? सबै बुझाऊ अनिमात्रै म बीमा गर्छु भन्ने जबाफ दिएँ ।’

साविक युनियन लाइफमा मितेनी बहिनीले पनि भर्खरै काम सुरु गरेकी रहिछिन् । उनलाई बीमाका बारेमा खासै ज्ञान रहेनछ । अनि ती बहिनीले आफ्नो कम्पनीमा गएर शाखा प्रमुखलाई यो दाइलाई बीमाभन्दा पनि एजेन्ट बनाउनुपर्छ भनेर सुनाइछिन् । त्यसपछि ब्रान्च म्यानेजरले ‘हामी भेटौँ’ भनेर रुपकलाई फोन गरे। ‘ठीकै छ, राम्रो भए बीमा एजेन्ट बनेर काम गर्छु’ भन्ने हिसाबले रुपकले ती बीएमलाई भटे । बीएमले बीमाका बारेमा र बीमा अभिकर्ता पेसाबाट हुने आम्दानी सबै बताए । त्यसपछि त्यसकै भोलिपल्ट कम्पनीको केन्द्रीय कार्यालयमा ट्रेनिङ रहेछ । उक्त ट्रेनिङमा रुपक पनि सहभागी भए । अन्ततः रुपकले २०७४ सालमा नेशनल लाइफबाट बीमा अभिकर्ताको लाइसेन्स लिई काम गर्न थाले । मितिनी बहिनीको बीमा प्रस्ताव नै रुपकका लागि आजको सफलताको सिँढी बन्यो ।

साविक युनियन लाइफबाट अभिकर्ता पेसामा प्रवेश गरेका रुपक करिब २ वर्षपछि कम्पनी परिवर्तन गरी नेशनल लाइफमा गए । साविक युनियन लाइफमा बीमा पोलिसीको विशेषता, बोनसदरलगायतका कुरामा रुपकलाई चित्त नबुझेर नेशनल लाइफमा प्रवेश गरेका हुन् । उनले भने, ‘बीमितहरुको हित र फाइदाका लागि पनि मैले कम्पनी परिवर्तन गरेको हुँ । बीमितहरुले त धेरै बोनसदर, धेरै फाइदा हुने बीमा पोलिसी रोज्ने भएकाले यो सबै विशेषता मैले नेशनल लाइफमा देखेर गएको हुँ ।’

पहिलो बीमा पोलिसी
रुपकले पहिलो बीमा आफ्ना कान्छो अंकलको गराए। ‘हस्पिटलमा अंकल बिरामी भएर बस्नुभएको थियो। म भेट्न गएँ। त्यहाँ मैले अंकललाई म बीमा अभिकर्ता भएँ, अब तपाइँले बीमा गर्नुपर्छ है भन्ने प्रस्ताव राखेँ। उहाँले बीमा राम्रो हो । गर्नुपर्छ भन्ने प्रतिक्रिया दिनुभयो’, उनले भने, ‘अंकलको यो भनाइले मेरो मनोबल झनै बढेर आयो ।’ रुपकले प्रस्ताव राखेकै दिन कान्छो अंकलले बीमा गराए । आफ्नै परिवारभित्र सहजै रुपमा पहिलो बीमा स्वीकार गरेको हुनाले रुपकलाई पहिलो बीमा गर्न खासै गाह्रो नभएको बताउँछन् । सुुरुको बीमा सहज रुपमा गर्न सफल भएपछि उनलाई अभिकर्ता पेसामा नै केही गर्नुपर्छ भन्ने हिम्मत जाग्यो, जसले आजको यो अवस्थासम्म ल्याइपुर्यायो । बीमा अभिकर्ताको लाइसेन्स लिएकै दिनमा रुपकले १७ वटा बीमा गर्न सफल भए । साविक युनियन लाइफबाट काम सुरु गरेका रुपक अहिले नेशनल लाइफमै राम्रो बीमा व्यापार गर्नेमध्येकै एक बनेका छन् ।

स्नातक तहसम्मको पढाइ पूरा गरेका रुपकले साविक युनियन लाइफबाट २०० वटा बीमा पोलिसी बिक्री गरेका थिए । अहिले नेशनल लाइफबाट पनि २०० बढी पोलिसी बिक्री गरिसकेका छन् । अभिककर्ता पेसामा जोडिएपछि रुपकले शान, मान र दाम सबै आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

अभिकर्ता पेसा उत्कृष्ट
अभिकर्ता पेसामा लागेपछि रुपकको जीवनशैली मात्रै फेरिएन विचार र सोचाइसमेत फराकिलो भयो । यो पेसाले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको रुपक बताउँछन् । यो पेसा साँच्चै सहज र चुनौतीपूर्ण पेसा रहेको समेत उनको अनुभव छ । अभिकर्ता पेसा गाह्रो नहुने, दुःख नहुने, धेरै समय खर्चिन नपर्ने तर मनग्य आम्दानी गर्न सकिने पेसाका रुपमा रुपकले हेर्छन् । उनले भने, ‘अभिकर्ता सामाजिक पेसा पनि हो । पवित्र पेसा हो। अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छ ।’

अभिकर्ता आधुनिक समयको सामाजिक पेसा रहेको रुपकको बुझाइ छ । सामाजिक काम गर्दै नभएर आम्दानी मनग्य नै हुने उनको तर्क छ । ‘पहिलेको समयमा गाउँ–समाजमा जसले धारो, कुँवा, चौतारो बनाउँछ । त्यसलाई सामाजिक पेसा भन्थे’, उनले भने, ‘तर, अभिकर्ताले पनि अहिले अरुको भलाइका लागि बचत गर्न सिकाउने, क्षति हुँदा भर्पाइ दिने हरेक समस्याको एउटा समाधानका रुपमा खडा हुने भएकाले यो आधुनिक समयको सामाजिक पेसा हो ।’

सामाजिक काम गर्न रुचाउने रुपक अभिकर्ता पेसा उत्कृष्ट रहेको बताउँछन्। ‘अभिकर्ता अरुको सेवा गर्ने पेसा हो तर हतारिएर हुँदैन धैर्य भएर काम गर्ने हो भने देश विदेशसम्म चिनाउने पेसा हो’, उनले भने, ‘यो पेसा समाजमा चिनारी दिलाउने पेसा हो ।’

बीमितबाट मिश्रित प्रतिक्रिया
रुपक बीतिमहरुबाट मिश्रित प्रतिक्रिया पाएको बताउँछन् । ‘ग्राहकबाट राम्रो र नराम्रो दुवै प्रतिक्रिया पाएको छु । नराम्रो प्रतिक्रिया गर्ने ग्राहकलाई पनि मनोभावना बुझेर बीमा गराउनुपर्छ, बीमाका धेरै फाइदा छन्, बीमाले जोखिम बहन गर्छ भनेर बुझाउने गरेको छु। ग्राहकको पारिवारिक अवस्था बुझेर उनीहरुको चाहनाअनुसार बीमा गराउनुपर्छ । मैले चाहिँ प्रायः राम्रो प्रतिक्रिया पाउने गरेको छु । कतिपयले त तपाइँले गर्दा हाम्रो बचत गर्ने बानी भएको छ भनेर खुसी पनि हुनुहुन्छ’, रुपक भन्छन्, ‘जुन पेसामा पनि चुनौती हुने गरेको छ । अभिकर्ता त झनै धेरै चुनौतीपूर्ण पेसा हो। तर, पहिलेको तुलनामा अहिले मानिसहरुलाई बीमा गराउन सहज भएको छ । अहिले प्रायः मानिसहरुले बीमा बुझेका हुन्छन् ।’

नवप्रवेशीलाई सुझाव
बीमा अभिकर्तामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई यो पेसा एकदमै राम्रो सम्मानित र मर्यादित रहेको रुपकको भनाइ छ। निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले अभिकर्ता पेसा राम्रो रहेको रुपक बताउँछन् । ‘बीमा अभिकर्ता संसारभरि नै अवलम्बन गरिएको पेसा हो’, उनले भने, ‘आर्थिक रुपमा पनि सबल हुने भएकाले अभिकर्ता पेसा राम्रो छ । तर, निरन्तर लाग्ने गरी धेरै मेहनत गर्ने गरी आउनुस् भन्छु ।’

स–सानो रकमलाई बचत गर्ने बानी बसाल्न बीमा गराउनु अनिवार्य रहेको र यसले उज्ज्वल भविष्यको सुनिश्चित गर्नेमा रुपक विश्वस्त छन् । जीवनमा भइपरी आउने आर्थिक घटनाको क्षतिपूर्तिलाई न्यूनीकरण गर्न बीमा सारथि बन्ने गरेको रुपकको भनाइ छ ।

बीमा अभिकर्तामा हुनुपर्ने गुण
एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने रुपकको तर्क छ । अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनको भनाइ छ। निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्ने अनुभव छ रुपकसँग । एउटा बीमा गराउन पटक–पटकसम्म धाइरहनुपर्छ भन्दै रुपकले अभिकर्तामा धैर्यता हुनुपर्ने बताए । मेहनती, इमान्दार, सहनशीलता र धैर्यताका साथ बीमा बुझाउन सक्नु नै अभिकर्ताको मुख्य गुण रहेको रुपकको धारणा छ। ‘कम्पनी र पोलिसीका बारेमा राम्रो ज्ञान हुनुका साथै ग्राहकलाई बुझाउने क्षमता पनि अभिकर्ताको मुख्य गुण नै हुन्’, उनले भने ।

रुपक नेशनल लाइफ इन्स्योरेन्सबाट २ पटक एमडीआरटीका लागि छनोट भइसकेका छन् । उनले कम्पनीले दिने हरेक महिनाको टार्गेट मिट गर्ने गरेका छन् । उनले पर डे वान पोलिसी अभियानअन्तर्गत ५१ दिनमा ५१ वटा पोलिसी बिक्री गरेका छन् । यो सफलताले कम्पनीको साखमा समेत टेवा पुग्नेको उनको विश्वास छ। रुपकले कम्पनीको विभिन्न टार्गेट मिट गरेर नेपालका विभिन्न ठाउँमा घुम्न जाने सौभाग्यसमेत पाएका छन् । आफ्ना लागि यो बीमा क्षेत्रमा अपार अवसर रहेको रुपकको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

0%

अचम्मित

43%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS