IME Life
Beema Board

“भेटेरिनरी डुबेपछि बीमामा छिरे बिना लगानी मनग्य आम्दानी भयो”: सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर: ईश्वरी बराल

SPIL
NIC ASIA

काठमाडौं । सफल हुन कसलाई मन लाग्दैन र ? त्यति हुँदा हुँदै पनि थोरै मानिसहरु मात्रै सफलताको सूचीमा पर्ने तथ्य जगजाहेर नै छ । त्यस्तै, बीमा क्षेत्रमा पनि आफ्नो अनुभवबाट खारिएर सफल भएका व्यक्तिमा पर्छन् सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर ‘ईश्वरी प्रसाद  बराल’ । उनले बीमा क्षेत्रको यात्रा वि.स.२०६० साल पुस महिनाबाट आरम्भ गरेका थिए । एलिको इस्योरेन्स (हालको मेटलाइफ )बाट आफ्नो बीमा क्षेत्रको यात्रा आरम्भ गरेका उनी वि.स. २०७४ सालमा सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका हुन् ।

बरालको जन्मथलो ताप्लेजुङको ठेचोमो भन्ने गाउँपालिकामा पर्छ । ताप्लेजुङमा जन्मिएका उनले प्राविधिक शिक्षा अध्ययनका लागि गाउँ छाडेका थिए । उनले वि.स. २०४९ सालमा भेटेरिनरी प्राविधिक शिक्षा अध्ययनका लागि धनकुटा झरेको स्मरण गरे । त्यसपछि भेटेरिनरी विषयकै प्रयोगात्मक शिक्षाका लागि विराटनगर पुगेका उनले वि.स. २०५२ सालमा इलामको कन्याममा पनि सोही भेटेरिनरीकै कामको शिलशिलामा लामो समय बिताए ।

Prabhu
Crest

बरालले आफ्नो परिवारका अन्य सदस्यहरु कोही पनि बीमामा आवद्ध नभएको सुनाउँदै आफुले  भने यहीं पेशा आर्थिक बाध्यताका कारण अँगालेको अनुभव पनि सुनाएका छन् । बरालका अनुसार उनी वि.स. २०५२ सालमा आफ्नो भेटेरिनरी व्यवसाय डुबेर ठूलो आर्थिक संकटमा फसेका थिए । उनलाई त्यति बेलामा बीमा क्षेत्रमा लाग्नुको एकमात्र उदेश्य भनेको त्यही आर्थिक संकटबाट मुक्ती पाउँनको लागि थियो भने उनले त्यसमा सफलता पनि हात पारे । कुनै दिन उनले ईलामको सूर्योदय क्षेत्रमा धेरै जना किसान दाजुभाईहरुलाई गाई ब्याउन नसक्दा बाच्छाबाच्छी आफुले  निकाल्नु पर्छ भनेर सिकाएका थिए । त्यस्तै, उनले अहिले सोही भेगका धेरै नागरिकहरुलाई जीवन बीमामा समेट्न  सफल भएका छन् । विगतमा ९-१० वटा गाविसका दूध संकलन केद्रमा भेटेरिनरी शिक्षाको पनि जनचेतना फैलाएका उनले त्यही बिचमा आफ्नो बिवाह गरेका थिए । बिवाह लगत्तै उनको व्यवसाय नराम्रोसँग डुबेको थियो ।

तत्कालिन समयमा सिनियर एजेन्सी म्यानेजर बरालले करिब २० लाख रुपैयाँ डुबेको बताए । त्यस्तै, कमाई गर्ने र ऋण तिर्ने केही उपाय नभएर निराश अवस्थामा पुगेका उनलाई एकजना साथीले बीमा क्षेत्रमा लाग्न सुझाव दिएका थिए । उनले भेटेरिनरी व्यवसाय डुब्नु र बीमा क्षेत्रमा लाग्नुलाई एउटा सेफल्याण्डीङ भएको रुपमा चित्रण गर्न रुचाएका छन् । बराल भन्छन्,‘त्यस्तो संकटमा म बीमामा लागेको मान्छे, बीमा त मेरो लागि सेफ्टल्याण्डीङ नै भयो नि ।’

बिग्रेको आर्थिक पाटोलाई बीमाले नै राईज गरेको उनीले खुशी हुँदै सुनाए । बीमा क्षेत्रकै कारण उनले आफ्ना साह्रा ऋणहरु तिर्न मात्र सफल भएनन् उनले एकै महिनामा ८७ जनाको बीमा गराउँन पनि सफल भए । आफ्नो काम भेटेरिनरी लाइनमा भएकाले उनले धेरै जनासँगको सम्पर्कमा रहने मौका पाएको र बीमा क्षेत्रले त्यही सम्पर्कलाई आर्थिक रुपमा परिवर्तन गर्न सघाएको बताउँछन् । बीमा पेशाको सबैभन्दा उनलाई मन पर्ने कुरा भनेको यसमा लगानी गर्नु पर्दैन तर सफासँग राज्यलाई कर तिरेर आफ्नो मेहनतको फल प्राप्त गर्न सकिन्छ ।
उनलाई बीमा क्षेत्रले मनग्य पैसा कमाए । सुरुमा उनी एजेन्टको मार्फतबाट प्रवेश गरेका हुन् । हाल धेरै जनाको उनले बीमा गराएका छन् । फजुल खर्चलाई बचाएर बीमा गर्नु पर्ने उनको सल्लाह छ । उनले बीमा झन्झटीलो नभई सहज पेशा भएको बताउँछन । सामान्य नागरिकले पनि थोरै रकमको बीमा गराएर धेरै लाभ लिन सक्ने बताउँछन् । त्यस्तै बीमा क्षेत्रमा आवद्ध भएर काम गर्न चाहने जनशक्तीले पनि मुख्य कुरा भनेको यहिँ पेशाको लागि आफ्नो समय खर्चन सकेमा त्यस्ता व्यक्तिहरुले छिट्टै सफलता हाँसिल गर्ने उनी सुनाउँछन् ।

यस्तो छ बरालको शैक्षिक यात्रा
उनले प्सल टु सकेर डिप्लोमासम्मको यात्रा गरेका छन् । उनले नियम अनुसार नै दश कक्षा पास भएको प्रमाणपत्र पेश गरेर यस क्षेत्रमा आफ्नो यात्रा आरम्भ गरेका थिए । विगतमा आर्थिक अभावकै कारण उनले आफ्नो शैक्षिक यात्रा भने सोचे जस्तो माथि जान नसकेको अनुभव पनि सुनाएका छन् । तर, अहिले बीमामा लाग्ने नयाँ जनशक्तीलाई भने पढाई र कामलाई सकेसम्म सँगसँगै लान उनले सन्देश पनि दिएका छन् । भेटेरिनरीको पेशामा अहिले पनि आवद्ध रहेका बरालले अघिल्लो आर्थिक वर्षमा बीमा पेशाबाट मात्रै ९ लाख ९० हजार रुपैयाँ राज्यलाई कर बुझाउँन सफल भएका थिए । त्यसको श्रेय पनि उनले बीमा पेशालाई नै दिन चाहेका छन् ।

अबकाशको झण्झट नहुने
उनले बीमा क्षेत्रमा मध्यताकर्ताको भूमिकामा अभिकर्ता बन्न चाहेकाहरुले आफूले सकुन्जेल काम गर्न सक्ने र यसमा रिटायर्ड (अवकाश) हुनु नपर्ने उनी बताउँछन । त्यस्तै, धेरै जनको जनसम्पर्कमा रहन पाइने भएकाले पनि विभिन्न किसिमका अनुभवहरु सुन्न र देख्न पाईने सिनियर एजेन्सी म्यानेजर बराल सुनाउँछन् ।

बीमासँग जोडिएको त्यो अनौठो घटना
उनले आफूलाई बीमा पेशालाई बुझ्न १९ वर्ष लागेको बताउँछन् । अझ भनौ उनले बीमा क्षेत्रमा लागेको १९ वर्ष पूरा भएपछि यसको महत्व गहिराईमा पुगेर बुझ्ने अवसर पाए । आर्थिक संकटका कारण बीमा क्षेत्रमा छिरेका उनले यसमा काम गर्दै गएपछि बीमाको वास्तविक महत्व थाहा पाउँने अवसर पाएको बताए । उनले त्यस्तो महत्वको बारेमा जानकारी नभएका नागरिकहरुले पनि जाने बुझेकाबाट थाहाँ पाउँने प्रयास गर्नु पर्ने बताए । विगतमा जम्मा चार हजार रुपैयाँ बराबरको ऋण फिर्ता गर्न समेत सकस भएका उनको जीवनमा बीमा पेशाले नै कायापलट गर्दिएको छ भने उनलाई अहिले भगवान नै मान्ने बीमितहरुको संख्या धेरै छ ।

उनले आफ्नो अनौठो घटना सुनाउँदै इन्स्योरेन्स खबरलाई भने,‘२०६० सालमा मलाई मेरो साथीहरुले चार हजार दिएन भनेर झगडा गरेका थिए । मैले एउटा बैंकको म्यानेजरको बीमा गरिदिए । म्यानेजरलाई मैले चिनेको थिएन, उहाँले आफ्नो चेक बाउन्स नै गर्नु भयो । मैले बुझाएको बीमा उहाँले प्रष्टसँग बुझ्नु भएको रहेनछ त्यसपछि उहाँको पैसा मैले आफैले व्यक्तिगत रुपमा तिरिदिए । उहाँले चेक बाउन्स गरेको कुरा हल्ला नगर्न भन्नु भयो । अहिले उहाँ हुनुहुन्न, उहाँको मृत्यु हुनु अघि मैले संयोगले क्याबिनमै भेटेको थिए । त्यतिबेला उहाँले बीमा पोलिसीले के दिन्छ ? भन्नु भयो । त्यसको भोलिपल्ट चेकअपमा जाँदा उहाँ हृदयघातका कारण बित्नु भयो । अन्तरजातीय विवाह भएका कारण श्रीमानको मृत्युपश्चात श्रीमतीलाई घरबाट निकालिएको रहेछ । त्यस्तो अवस्थामा जम्मा एक, दुई मिनेट भेटदा मृतककी श्रीमतिको साथ धेरैले छोडे तर बीमाले साथ दिएको मैले देखे । मृतककी श्रमतीले मलाई आफ्नो बासस्थान समेत साघुँरो रहेको तर बीमाले भने फराकीलो व्यवहार गरेको भन्दै उनी निकै बेर रोइकी पनि थिईन , त्यती बेलाबाट मैले साच्चै बीमा के रहेछ भने थप बुझ्ने मौका पाए ।’

ईशाई धर्म मानेकी बीमितकी श्रीमतिले आफूलाई पनि भगवान भन्दा उनले साच्चै ईमान्दारी पूर्वक काम गर्ने अभिकर्ताहरु भगवान नै हुने उनी बताउँछन् । कसैको साच्चैको अफ्ठयारोमा साथ दिनेलाई सत्य युगमा पनि भगवान मानिने भन्दै उनले अभिकर्ताहरुले पैसाको लागि मात्रै काम गर्ने भन्दा पनि उनीहरुको घरमा फर्किनु र प्रतिक्रिया लिनु पर्ने बताउँछन् ।

बीमाले वृद्धाश्रम जाने परम्परा पनि रोक्न मद्धत गर्छ

उनले बीमा पेशामा लाग्दा गर्व गर्ने धेरै ठाउँ पाइने बताउँछन् । बीमामा काम गर्दा आफूले आफ्नो लागि मात्र नभई अरुको लागि पनि सेवा गर्ने मौका मिल्ने उनको अनुभव छ । हालसम्म उनले बीमा गराएका धेरै जना बीमितहरुको पनि मृत्यु भएको बताउँछन् । बीमितका आफन्तले ढोग गरे भन्दा उनले मरेर जाने कहिल्यै नफर्किने भए पनि उनीहरुको परिवारलाई साथ दिन पाउँदा परिवारले महशुस गर्ने आधार निकै ठूलो हो भन्ने उनले बुझेका छन् ।

सिनियर एजेन्सी म्यानेजर बरालले आफ्नो समयमा घरको अभिभावक बुबाले पूरै घर थेग्ने भए पनि त्यही बुबा बूढो हुँदा वृद्धाश्रम नजानको लागि पनि बीमाले सघाउनले बताएका छन् । उनले कुनै पनि स्वार्थ हेरेर बीमा नगर्ने भन्दा पनि सकेसम्म अफ्ठयारोमा सघाउने भएकाले बीमा गराउँन लाग्नु पर्ने बताएका छन् । बीमाले  मरेका व्यक्तिको लागि पैसा दिने भन्दा पनि बाँचेका परिवारका सदस्यहरुलाई भरोसा दिने बताउँछन् ।
उनले अब नयाँ पुस्ताले बीमा आफ्नो लागि मात्र नभएर आफ्नो परिवारको अन्य सदस्यको लागि गर्ने कुरा पनि बुझ्न आवश्यक रहेको बताएका छन् । कतिपय नागरिकहरुले मरेपछि पाइने लाभ भनेर बीमाको बेवास्ता गरेको देख्या उनले त्यही बेलामा पाइने पैसाको महत्व अन्य सामान्य बेला भन्दा ठूलो हुने बताएका छन् ।

बीमा क्षेत्रको भविष्य अझै सुनौलो छ
अहिलेको समयमा जीवन सबल हुन, सफल हुन कुनै पनि व्यक्तिको साथमा बीमा पोलिसी पनि आवश्यक रहेको उनको दुई दशक लामो अनुभवले भन्छ । त्यस्तै, बीमा पोलिसी भनेको बीमा गर्ने व्यक्ति र निजको घर परिवारकै लागि लाभदायी हुने भएकाले आफ्नो आर्थिक क्षमता र आवश्यकता हेरेर बीमा गर्नुपर्ने बताउँछन् । आफ्नो आर्थिक क्षमता र आवश्यकता हेरेर बीमा गरेका कसैले पनि पछुताउनु नपर्ने उनको सुझाव रहेको छ । त्यस्तै, बीमा पोलिसी भनेको बीमा गर्ने व्यक्ति र निजको घर परिवारकै लागि लाभदायी हुने भएकाले आफ्नो आर्थिक क्षमता र आवश्यकता हेरेर बीमा गर्नु पर्ने बताउँछन् । उनले आगामी दिन बीमा क्षेत्र अझै सुनौलो रहेको र विगतको भन्दा धेरै अवसर नै अवसर रहेकाले पनि बीमा क्षेत्रमा जोडिन चाहनेहरुलाई धेरै दुविधा नमान्न बरु इमान्दार भएर मेहनत गर्ने तयारीमा जुट्न पनि उनले सुझाव दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

0%

दु :खी

0%

अचम्मित

27%

उत्साहित

9%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS