IME Life
Beema Board

ओशोको ध्यान र बीमाको ज्ञानमा मग्न सिटिजन लाइफका एजेन्सी म्यानेजर रमेश कार्की

SPIL
NIC ASIA

काठमाडौं । हामीले व्यक्तिको जीवनमा विभिन्न किसिमका उतरचढावदेखि अनौठा सफलता हासिल भएका कथाहरु देख्दै र सुन्दै आएका छौँ। त्यस्ता कथाले सम्बन्धित पात्रहरुलाई विशेष भूमिका निर्वाह गर्ने कर्ताका रुपमा परिभाषित गर्छ भने बाँकी जनमानसमा ठूलो प्रेरणासमेत प्रदान गर्छ। आज इन्स्योरेन्स खबरसँग संयोगले त्यस्तै पात्रसँग भेट हुन पुगेको छ। ओशो भक्तिसँगै जीवन बीमाको ज्ञान बाँड्ने काममा मग्न भएर लागेका ती व्यक्ति हुन् सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका अनुभवी एजेन्सी रमेश कार्की।

पुरानो सिनामंगलका कार्कीले सिटिजन लाइफबाट नै बीमा क्षेत्रको यात्रा कम्पनीको सुरुआत गरेका हुन्। अहिले उनी यो क्षेत्रसँग साइनो गाँसेको पनि ६ वर्ष पूरा भइसकेको छ। उनले सन् २०२२ मा बीमा क्षेत्रको महत्वपूर्ण उपाधि एमडीआरटी हासिल गरे। त्यस्तै सिटिजन लाइफले उत्कृष्ट अभिकर्तालाई वार्षिक रुपमा दिने विशेष उपाधि तथा अभिकर्ता क्लबहरुमा पनि उनी चुनिने अवसर पाइसकेका छन्।

Prabhu
Crest

बहुजन हिताय, बहुजन सुखाय
ओशोको ज्ञानबाट आत्मशान्ति प्राप्तिको खोजीमा लागेका सिटिजन लाइफका अभिकर्ता कार्कीले इन्स्योरेन्स खबरसँग भने, ‘मलाई पहिलेबाटै समाज सेवा गर्न मनपथ्र्यो, बीमाले मलाई त्यो अवसर दिएको छ, आत्मसन्तुष्टि पनि मिलेको छ।’ बीमा क्षेत्रमा प्रवेश गर्नुअघि बीमाको शाब्दिक ज्ञानमात्रै अवगत भए पनि अहिले आफूले बीमालाई धेरै बुझ्ने अवसर पाएको कार्की बताउँछन्। कार्कीले व्यक्तिहरुलाई बीमाको ज्ञान नभएकै कारण यसबाट सेवा लिने कुरामा धेरै मानिसहरु चुकेको बताए। उनी आफू ‘बहुजन हिताय, बहुजन सुखाय’ भन्ने विचारमा कटिबद्ध रहेर नै बीमामा लागेको सुनाउँछन्।

कार्कीले दिनमा बाँकी २३ घन्टा जगतका लागि दिए पनि एक घन्टा आफ्ना लागि र अध्यात्मका लागि छुट्याउने गरेका छन्। उनी अरुलाई पनि दैनिक जीवनमा कम्तीमा एक घन्टा ध्यान, साधना, स्वस्थ्य जीवनशैली र मानसिक स्वास्थका लागि दिन सुझाव दिन्छन्।
प्रत्येक नागरिकले बीमा गर्नुपर्छ
बीमा क्षेत्रको यात्रा आरम्भ गर्नुअघि एजेन्सी कार्कीलाई यो कसलाई आवश्यक छ वा कसलाई आवश्यक छैन ? भन्ने खासै जानकारी थिएन। उनले आफूलाई बीमाको महत्व बुझ्न यही पेसामा रोजगारी गरेकाले नै ठूलो मद्दत मिलेको बताउँछन्। बीमा हरेक व्यक्तिका लागि अपरिहार्य भएकाले आय स्रोतअनुसारको बीमा गर्नु उपयुक्त हुने सुझाव दिन्छन्।

बीमामा काम गर्न उमेरले बाधा नगर्ने
कार्कीले आफ्नो औपचारिक शिक्षा आईएसम्म गरेको बताए। आफ्नो उमेरसमेत ५० वर्ष माथि पुगेको उल्लेख गर्दै उनले बीमा पेसाका काम गर्न उमेरले खासै बाधा नपुर्याउनेसमेत बताए। उनको परिवारमा श्रीमती, तीन छोरी र एक छोरासमेत छन्। छोराछोरीहरु हाल विदेशमा छन्।

पाटन शाखाको उद्घाटनबाट जोडिए बीमामा
आफू अनभिज्ञ रहे पनि आफ्ना साथीको सल्लाहबाट आफू बीमा क्षेत्रमा अकस्मात जोडिन पुगेको कार्कीले स्मरण गरे। आफ्ना एक मित्रले बीमा कम्पनीको पाटन शाखाको शुभारम्भका क्रममा बीमाको बारेमा आफूलाई जानकारी दिएको र आफूले यही पेशामा आबद्ध हुन रुचाएको उनले सुनाए। यसमा पनि रोचक घटना के छ ? भने ती साथी उनको फ्यान (भक्त) नै थिए। ओशोको सिद्धान्त अपनाएको कारण आफूलाई फलो गर्दै आएका ती फ्यान प्रतिष्ठित बीमा कम्पनीको शाखा प्रमुख रहेको उनले चाल पाए। जब उनले ती आफ्ना फ्यान वा साथीबाट बीमाको बेलिविस्तार सुन्ने मौका पाए उनलाई लाग्यो सन्यासी जीवनभन्दा पछाडि नागरिकहरुको सेवा गर्ने अर्को राम्रो ठाउँ बीमा क्षेत्र पनि रहेछ। त्यतिबेलाबाटै उनले बीमा क्षेत्रमा आफू विस्तारै–विस्तार जोडिन पुगेको र आज आफ्नो यात्रा यही क्षेत्रमा निरन्तर रहेको बताए।
बीमासँग धेरै मीठो याद जोडिएका छन्
हालसम्म नागरिकहरुले बीमा भनेको हचुवाको कुरा हो भन्दै आए पनि अधिकांश नागरिकहरुले फेरी यसको महत्व बुझेर बीमामा आबद्ध भएको थुप्रै घटनाहरु आफूसँग रहेको कार्कीले बताए। अभिकर्ता कार्कीले आमनागरिकले बीमा नबुझ्दा नै अभिकर्ताले बुझाउनुपर्ने दायित्व भएकाले आजभोलि बीमाका बारेमा ज्ञान नभएका व्यक्तिहरुलाई आफूले जानेका सबै कुरा सुनाउने गरेको बताए।

हालसम्म कार्कीले १७९ जनाको बीमा गराएका छन्। बीमा गराएका बीमितमध्ये एकजनाको दुर्घटनामा परेर मृत्यु भएपछि आफूले छोटो समयमै दाबी भुक्तानी दिलाउन सकेकोमा कार्की सन्तोष मान्छन्। दाबी भुक्तानीबापतको रकम दिलाउँदा बीमितको आश्रित परिवारजनको आँखाबाट झल्किएको आशीषभावले आफूलाई लामो समयसम्म सकारात्मक ऊर्जा दिएको कार्की सुनाउँछन्। ‘बीमाले दाबी भुक्तानी नदिँदा जति नकारात्मक प्रचार हुन्छ, भुक्तानी दिँदा त्यति नै सकारात्मक प्रचार पनि हुन्छ’, उनी भन्छन्, ‘बीमितलाई बीमाको सर्त र सुविधाबारे बेलिविस्तारमा बुझाउने एजेन्सीले अवश्य पनि सधैँ धन्यवाद पाउँछन्।’

बीमाप्रतिको आफ्नै दृष्टिकोण बदलियो
अहिले कार्कीलाई बीमा सबै नागरिकलाई आवश्यक छ भन्ने लाग्ने गरेको छ। हिजोआज कार्कीले कम्तीमा दैनिक दुईजनालाई बीमाका बारेमा पढाउने गरेको बताए। त्यस्तो बेलामा अन्तर्क्रिया गर्दै नागरिकले जिज्ञासा राख्दा उनलाई रमाइलो लाग्ने गर्छ। नयाँ–नयाँ मान्छेसँगको अन्तरंग कुराकानीसँगै भविष्यको आर्थिक सुरक्षाको विषय जोडेर महत्वपूर्ण फैसला लिन सुझाव दिन पाउँदा उनी बीमा पेसामा निक्कै रमाएका छन्।

सर्वसाधारणको बुझाइमा बीमा
कार्की सर्वसाधारणले बीमाका बारेमा निकै कम जानकारी राखेको बताउँछन्। त्यतिमात्र नभई उच्चस्तरका मानिसहरुले नै बीमाका बारेमा निकै कम जानकारी राखेको उनको भनाइ छ। उनले बीमाको घरदैलो गर्ने क्रममा साधारण किसानदेखि सैनिकको उच्च अधिकारी(जर्नेल)लाई समेत बीमाको सामान्य ज्ञान नभएको पाए। कार्कीले व्यक्तिको जीवनमा सकारात्मक प्रतिक्रिया सुन्ने बानी कम हुने गरेको र सबैले आफ्नो आनीबानीमा समेत परिवर्तन गर्नुपर्ने बताए।
भुक्तानी नदिने अभिकर्ताको चरित्र
बीमा क्षेत्रको सबैभन्दा ठूलो समस्याका रुपमा दाबी भुक्तानी नपाइने समस्या रहँदै आएको छ। कार्कीले भुक्तानी नदिने अभिकर्ताको चरित्र थाहा पाउन बीमितले पनि आफ्नो फर्म भर्नुअघि नै निकै सचेत हुनुपर्ने सुझाव दिए। बीमा कम्पनीमा फर्म भर्दा नै बीमितले अभिकर्ताका लागि भन्दा पनि आफ्नो आवश्यकताअनुसार बीमा गर्नुपर्ने सुझाए। बीमितमा बीमाको ज्ञान नहुँदा अभिकर्ताले बीमा नवीकरण गर्न ढिलाइ गर्न सक्ने र त्यस्तो अवस्थामा दाबी भुक्तानी परेमा बीमितले कुनै पनि लाभ नपाउने उनको विश्लेषण छ।

बीमित स्वयंले नै बीमालेख पढेर र बुझेरमात्रै बीमा पोलिसी किने लाभ पाउने कार्की बताउँछन्। हालसम्म कतिपयले बीमा अभिकर्ताको र बीमा कम्पनीहरुको फाइदाका लागिमात्रै हो भन्ने बुझाइ राखेकाले यसको वास्तविक लाभसम्म पुग्न नसकेको उनको अनुभव छ।

मन्दीले अलिक बढी मेहनत मागेको छ
सिटिजन लाइफका अभिकर्ता कार्कीले अहिले आर्थिक मन्दीको चर्चा धेरै भए पनि जीवन बीमामा हरेस खाने अवस्था नरहेको बताए। यस्तो बेलामा व्यवसायबाट पर भाग्नेभन्दा पनि सक्दो फलोअप बढाउनुपर्ने र विगतको भन्दा केही बढी मेहनत गर्नुपर्नेमा उनी जोड दिन्छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS