IME Life
Beema Board

प्रस्तावित वित्तीय विवरण निर्देशिकाकाे प्रावधानले सकसमा पर्दैछन् बीमक

SPIL
NIC ASIA

काठमाडाै‌ं । बीमा उद्याेगकाे नियामक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे वित्तीय विवरण सम्बन्धी निर्देशिकामा समावेश गरिएकाे प्रावधानले बीमकलाई अप्ठेराेमा पारिदिने भएकाे छ। पब्लिक लिमिटेडले सञ्चालन इजाजत पाएकाे तीन वर्षसम्म सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखा‌ंकन गरेकाे लगानीलाई वितरणयाेग्य मुनाफाबाट घटाउनुपर्ने प्रावधानले सकसमा पार्ने भएकाे हाे ।

निर्देशिकाकाे निर्देशन नम्बर १६(१) मा शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले कारोबार गर्न इजाजत पत्र पाएको मितिले तीन वर्षसम्म सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान छ ।यसअघि पब्लिक लिमिटेड कम्पनीमा लगानी गरेकाे तीनवर्षभित्र धिताेपत्र बजारमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेकाेमा प्रस्तावित प्रावधानमा लगानी गरेकाे मितिबाट नभएर सञ्चालनमा आएकाे मितिबाट तीन वर्षभित्र सूचीकृत नभए लगानीवापतकाे रकम जाेखिम व्यवस्था गर्नुपर्ने भएकाे छ।

Prabhu
Crest

याे प्रावधानमा सञ्चालन इजाजत पाएकाे तीन वर्षसम्म सूचीकृत नभएमा भन्ने वाक्या‌ंशले बीमकले लगानी गर्नु अघि नै सञ्चालन इजाजत प्राप्त गरिसकेकाे तीन वर्षसम्म पनि कुनै पब्लिक लिमिटेड धिताेपत्र बजारमा सूचीकृत नभएकाे रहेछ भने बीमकले वितरणयाेग्य मुनाफाबाट यस्ताे कम्पनीमा गरेकाे लगानी घटाउनुपर्ने छ। जलविद्युत परियाेजना, हाेटल व्यवसाय, हवाई सेवा, हाउजिङ कम्पनी, पूर्वाधार विकास कम्पनी लगायतका कम्पनीहरू स्थापना भएकै मितिदेखि सञ्चालनकाे इजाजत पाउने गरी इजाजत पत्र प्राप्त गरेका हुन्छन् । यस्ताे कम्पनी स्थापना गरेकाे दुई वर्ष पुरा भइसकेपछि बीमकले शेयर लगानी गरेकाे रहेछ भने थप एक वर्षभित्र सूचीकृत नभएकाे अवस्थामा वितरणयाेग्य मुनाफाबाट व्यवस्था(प्राेभिजनिङ) गर्नुपर्नेछ।

उदाहरणका लागी निर्जीवन बीमक शिखर इन्स्याेरेन्स र आइजिआइ प्रुडेन्सियल इन्स्याेरेन्सले नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडमा शेयर लगानी गरेका छन्। किसानले उत्पादन गरेका अन्नकाे सुरक्षित भण्डारण र किसानलाई सहज कर्जा उपलब्ध गराउने सुविधा प्रदान गर्ने उद्देश्यले खुलेकाे याे कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्ने घाेषणा गरेकाे दुई वर्षभन्दा बढी र कम्पनी स्थापना भएकाे चार वर्षभन्दा बढी भइसकेकाे छ । प्राधिकरणकाे नयाँ प्रावधानले दुबै निर्जीवन बीमकले नेपाल वेयरहाउजिङमा गरेकाे सबै लगानीलाई वितरणयाेग्य नाफाबाट घटाएर व्यवस्था (प्राेभिजनिङ) गर्नुपर्नेछ।

प्राधिकरणले प्रतिफल वृद्धिका लागी जलविद्युत,पर्यटन,पूर्वाधार,आवासीय याेजना लगायतका विभिन्न क्षेत्रमा बीमककाे लगानी निर्देशिकामार्फत् कूल लगानीकाे २५ प्रतिशतसम्म लगानी गर्ने बाटाे खुल्ला गरेकाेमा प्रस्तावित प्रावधानले बीमककाे वितरणयाेग्य मुनाफामा भारी कैंची चल्ने भएकाे छ।

यसैगरी १६(२) मा शेयर वा म्युचुअल फण्डमा गरेकाे लगानी प्रचलित कानून बमाेजिम धिताेपत्र बजारकाे सूचीबाट हटेमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेकाे लगानीकाे रकमलाई वितरणयाेग्य मुनाफा गणना गर्दा घटाउनुपर्छ भन्ने प्रावधान छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS