IME Life
Beema Board

फजुल खर्च कटौती गरे विद्यार्थीले पनि गर्न सक्छन् बीमा

SPIL
NIC ASIA

काठमाडौं । बीमितले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । जीवनमा आइपर्ने विपत्ति, जोखिमका अनेकौं सम्भावनाहरु जहि तहि सल्बलाई रहेका हुन्छन् । जुनसुकै समयमा पनि मानव जीवनमा विपत्ति आइपर्न सक्छ । यस्ता अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम नै बीमा हो । बीमा जुनसुकै उमेरका व्यक्तिले सजिलै गर्न सकिन्छ । आफ्नो आयस्रोतको आधारमा बीमितले चाहेजति रकमको जोखिम लिन तयार हुन्छन् बीमा कम्पनीहरु ।

नेपालमा पछिल्लो समय बीमाको बजार बढ्दो क्रममा छ । यसको महत्व र आर्थिक अभावमा बीमाले खेल्ने भूमिकाका कारण पनि मानिसहरु बीमाप्रति आकर्षित हुन थालेका हुन् । थोरै लगानीमा लामो समयसम्म विभिन्न जोखिम बहन गर्ने भएकोले पनि बीमा गर्नुपर्छ भन्ने धारणा बढ्न थालेको छ । विहे, पास्नी, ब्रतबन्ध, जन्मदिन जस्ता विशेष दिनमा विशेष उपहारको रुपमा बीमा पोलिसी उपहार दिने प्रचलन दिनानुदिन बढ्दो छ । जुनसुकै उमेरका व्यक्तिले आफू अनुकुल बीमा पोलिसी खरिद गर्न सकिने हुँदा जीवन रक्षाकै रुपमा बीमालाई लिन सकिन्छ । थोरै खर्च कटौती गरेर पनि बीमा गर्न सक्ने भएकोले विद्यार्थीहरुले समेत सजिलै बीमा गर्न सक्छन् । यसका लागि आफूले खाने खाजा वा चियाको थोरै अंश मात्रै कटौती गरी खर्च जोहो गर्ने हो भने सजिलै बीमा पोलिसी खरिद गर्न सकिन्छ ।

Prabhu
Crest

विद्यार्थी जीवन सामान्यतय खर्च अभावमै वित्ने गर्छ । परिवारले तोकेको खर्चमै आफ्नो दैनिकि कटाउनुपर्ने हुन्छ । परिवारसँगै बसेर अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने केहि सहज हुन्छ खर्च जुटाउन । तर परिवारदेखि टाढा पढ्न बसेका विद्यार्थीले भने सिमित तोकेको खर्चमा चल्नुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि विद्यार्थीहरुले चाहने हो भने सानो बीमाङ्क रकमको बीमा पोलिसी खरिद गर्न सकिन्छ । यदि दैनिक २० रुपैयाँ मात्रै आफ्नो दैनिक खर्चबाट कटौती गरी जोहो गर्ने हो भने डेढ लाख रुपैयाँ बीमाङ्क रकमको बीमा पोलिसी खरिद गर्न सकिन्छ । यसले विद्यार्थीमा बचत गर्ने बानी पनि बस्छ । जुन रकम तोकिएको समयअवधि पश्चात कम्पनीको बोनसदर अनुरुप दोब्बर हुन जान्छ । अथवा थोरै बोनसदर भएमा डेढ लाख रुपैयाँको २ लाख रुपैयाँ एकमुष्ठ रकम लिन सकिन्छ । बार्षिक प्रिमियम तिर्दै जाने भएकोले एकैचोटि डेढ लाख रुपैयाँ नै बचत गर्नुपर्दैन । यसकारण पनि पैसा बचतका लागि उपयुक्त बनेको छ बीमा ।

यो भयो बीमा पोलिसी परिपक्क भएपश्चात एकमुष्ठ प्राप्त गर्ने रकम । जुनसुकै बीमा पोलिसी परिपक्क हुन सिमित समयअवधि तोकिएको हुन्छ । ५ वर्ष, १० वर्ष वा सोभन्दा माथिको समय तोकिएको हुनछ । आफुले चाहेको समयवधि अनुरुपको पोलिसी खरिद गरेपछि पोलिसी परिपक्क नभएसम्म विभिन्न जोखिमको अभिभारा कम्पनीले बहन गर्ने गर्दछ । जस्तै भवितव्य आइपर्ने दुर्घटनाबाट उब्जिएको आर्थिक संकटलाई यहि पोलिसी मार्फत भरथेग हुन्छ । साथै, कारणबस बीमितले अकालमै मृत्युवरण गरेमा बीमाङ्क रकमको दोब्बर रकम मृतकको परिवारले प्राप्त गर्ने भएकोले पनि बीमा केवल बीमितको लागि मात्र नभई सिंगो परिवारकै लागि हो ।

विद्यार्थीको हकमा हेर्ने हो भने विद्यार्थी जीवनमा बीमा गर्नु निक्कै उत्तम मानिन्छ । भरखरै एसइइ सकेका विद्यार्थीले दिनमा एक कप चिया नपिउने हो भने उसले बार्षिक ७ हजार २ सय रुपैयाँ जोगाउँछन् । सो रकम बार्षिक प्रिमियमको रुपमा १५ वर्षसम्म तिरिरहने हो भने विद्यार्थी जीवन सकेर जीवनलाई नयाँ अध्यायमा उभ्याउने बखत उक्त पोलिसी परिपक्क हुन्छ । धेरै थोरै अपुगमा अथवा आर्थिक संकटको समयमा एकमुष्ठ पाउने रकम सदुपयोग गर्न सकिन्छ । साथै बीमितले चाहने हो भने बीमाङ्क रकम अनुरुप कर्जा समेत लिन सकिन्छ ।

बीमाले भवितव्य आइपर्ने आर्थिक संकटको अभिभारा बहन गर्नेदेखि, कर्जा लिन सकिने, बीमितलाई केहि भएको खण्डमा परिवारले एकमुष्ठ रकम प्राप्त गर्ने, पोलिसी परिपक्क भएपछि बीमाङ्क रकमभन्दा दोब्बर रकम एकमुष्ठ प्राप्त गर्न सकिन्छ । यसरी बीमा गरेमा बचत गर्ने बानी बस्ने भएको हुँदा विद्यार्थीहरुका लागि बीमा गर्नु अति उपयुक्त हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS