IME Life New

एशियन लाईफकाे वार्षिकाेत्सवमा ४६ जनाले गरे रक्तदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एशियन लाईफ इन्स्याेरेन्सकाे १५ ‍औं वार्षिकाेत्सवका अवसरमा म‌ंगलबार आयाेजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस साेसाइटी,कालीमाटीकाे प्राविधिक सहयाेगमा कम्पनीकाे मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे थियाे ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत हाेम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाई‌ं, वित्त विभाग प्रमुख कमल ढुंगानाका साथै प्रधान कार्यालय र उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारीले रक्तदान गरेका थिए । यसैगरी गुह्येश्वरी मर्चेन्ट बैंक, एशियन क्यापिटल लिमिटेड र एनआइसी एशिया डिल्लीबजार शाखाका कर्मचारीले समेत रक्तदान कार्यक्रममा सहभागीता जनाएका थिए।

वार्षिकाेत्सव समाराेहमा कम्पनीकाे स‌ंचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीकाे प्रगतीमा सहयाेग पुर्याएकाेमा सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भावी दिनमा कम्पनीलाई अझ सबल र सक्षम बनाउनका लागी सबैकाे याेगदान महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयाे । साे अवसरमा कम्पनीकाे संचालक समिति सदस्यहरू निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकाेटा,  पूर्व प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठकाे  समेत उपस्थिति रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS