IME Life New

५९.१०% लाभांश पारित गर्न इक्रा नेपालले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इक्रा नेपाल लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौंको ठमेल एलोफ्ट काठमाडौंमा दिनको १२ः३० बजे गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्तापुँजीको ५९ दशलमव १० प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) पारित गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्ष २०८०/८१ को लागि लेखापपरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS