IME Life New

१५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं नेपाल राष्ट्र बैंकले रु १५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ऋणपत्र पाँच वर्ष अवधिकस लागि ऋणपत्र जारी गर्ने जनाएको छ ।

बोलकबोलमार्फत् बिक्री हुन लागेको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

Esewa
Crest

कुल रकमको ८५ प्रतिशत (रु। १२ अर्ब ७५ करोड ) बराबरका ऋणपत्र प्रतिस्पर्धी बोलपत्रमार्फत खरिदका लागि उपलब्ध हुनेछन् । बाँकी १५ प्रतिशत ९रु। २ अर्ब २५ करोड० बराबरका ऋणपत्र गैर(प्रतिस्पर्धी बोलपत्रमा उपलब्ध हुनेछन्।

खरिदकर्ताले न्यूनतम रु। ५०,००० को ऋणपत्र खरिद गर्न सक्नेछन् ।‌ अधिकतम ऋणपत्रलाई रु। ५०,००० ले भाग गर्दा प्राप्त हुने सम्पूर्ण सङ्ख्या बराबरको खरिद गर्न सक्नेछन्। ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्फत हुने‌ राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS