IME Life New

हिमालयन लाइफद्वारा घिरिङ गाउँपालिकामा बृहत बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले घिरिङ गाउँपालिकामा बृहत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणको सिफारिसमा विभिन्न स्थानीय तहहरुमा सचेतना कार्यक्रम गर्ने प्राधिकरणको कार्ययोजना बमोजिम उक्त कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधा देबी अधिकारी, वडा नं १ का अध्यक्ष रबिचन्द्र धोरासैनी, वडा नं २ का अध्यक्ष नर बहादुर थापा, वड नं ३ का अध्यक्ष तहल सिंह थापा, वडा नं ४ का अध्यक्ष भिम बहादुर कुमाल, वडा नं ५ का अध्यक्ष बिष्णु वीर आले, हिमालयन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेख प्रमुख टुल्कनाथ आचार्य, दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, भिमाद उप(शाखा प्रमुख अंकिता चालिसे, सिनियर एजेन्सी म्यानेजर उमाकान्त श्रेष्ठ, घिरिङका अन्य जनप्रनिनिधी, कर्मचारी, समाजसेवी, लगायत घिरङ बासीको सहभागीता रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले बिमा जिवनको आधारभुत आवस्यक भएकोले सही समयमा बीमा गरेर सदुपयोग गर्न अनुरोध गरे । कम्पनीमा प्रदेश प्रमुख आचार्यले जीवन बीमाको अर्थ, यसको महत्व, फाइदा र बिमा गर्दा चाहिने कागजात आधारहरुको बारेमा बताउनुभयो साथै सहभागीबाट उठेका बिभिन्न प्रस्नहरुको बारेमा समेत प्रकाश पारेका थिए ।

घिरीङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको अध्यक्षतामा सन्चालित कार्यक्रमको स्वागत दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला र सन्चालन सिनियर एजेन्सी म्यानेजर उमाकान्त श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS