IME Life New

हिमालयन लाइफ कर्मचारी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको कर्मचारी संघको गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । उमाकान्त बरालको अध्यक्षतामा सम्पन्न भेलाबाट अध्यक्षमा न्यूरोड शाखामा कार्यरत देवेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै संघको सचिवमा रविन जिसी, कोषाध्यक्षमा उषा पौडेल र सदस्यहरुमा मनिषा भण्डारी, पार्वती श्रेष्ठ, आश बहादुर गुरुङ, ज्योती गुरुङ, देवि कुमारी शर्मा र पार्वती मास्के निर्वाचित भएका छन् भने उपाध्यक्ष पद कार्यसमितिले चयन गर्नेछ ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथिय मन्तव्य राख्दै बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केसवराज दहालले समग्र बिमा क्षेत्रमा देखिएका विकृति तथा समस्याहरुलाई समाधान गर्ने तर्फ आ आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्मचारी तह र अभिकर्ताले सकरात्मक भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

यस्तै कार्यक्रममा कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरि बहादुर खड्का, संघका वरिष्ठ उपाध्यक्ष रुद्रमान तामाङ घिसिङ, संघका केन्द्रीय महासचिव उद्धव विडारी, हिमालयन लाइफ इन्सोरेन्सका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, शाखा प्रमुखको तर्फबाट बगर शाखा प्रमुख श्याम प्रसाद तिमिल्सेना लगायतले आफ्नो धारण व्यक्त गरेका थिए ।

इन्सोरेन्सका गण्डकी प्रदेश भित्र २० वटा शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS