IME Life New

हिमालयन लाइफले लाभांश नबाँड्ने, ८ एजेण्डा सहित आह्वान गर्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । पुस १९ गते बसेको संचालक समितिको बैठकले साविक प्राइम लाइफ, गराँस लाइफ र यूनियन लाइफले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट लाभांश नदिने निर्णय गरेका हुन् ।

कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७८ /७९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मान एनएफआरएस बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ ।

Esewa
Crest

सभाले संचालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०७९ /८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीको संचालक समितिमा प्रतिनिधित्वको लागि संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ताको अनुमोदन गर्ने, नियमनकारी निकायहरुले प्रस्तावित बिषय उपर कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०७८/ ७९ मा भएको खर्चको अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण माघ २ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।

1704430548113 1704430845451

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS