IME Life New

हिमालयन लाइफले मातातीर्थ वृद्धाश्रममा वितरण गर्यो खाद्यान्न तथा फलफूल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड को १६औं वार्षिक उत्सवको उपलक्ष्यमा मातातीर्थ वृद्धाश्रम समितिमा रहेका आमाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यमा तथा मातातीर्थ वृद्धाश्रम समितिका सचिव राम थापा को सभापतिथ्यमा आयोजित उक्त कार्यक्रममा चामल, दाल, तेल, फलफूल लगायतका सामाग्रीहरु वितरण गरेको हो ।

समितिका सचिव राम थापाले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट पाल्नुभएका कर्मचारीहरु लक्ष्मण ज्ञवाली, देवी पौडेल, इश्वर पौडेल, दिपक रेग्मी तथा जनार्दन रिमाल लाई स्वागत गर्नुका साथै कम्पनीको सहयोगबाट परिवार विहिन आमाहरुलाई पालन पोषण गर्न धेरै हौसला प्राप्त भएकोले कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

Esewa
Crest

कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकतृ ज्ञवालीले नेपालको जीवन बीमा क्षेत्रमा उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा अग्रणि स्थानमा स्थापित यस हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आप्नो नाफा मध्येको केही रकम कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ वृद्धाश्रम समितिमा रहेका बृद्ध आमाहरुको भोजनको लागि खाद्यान्न लगायतका सामानहरु सहयोग गर्ने अवसर प्राप्त भएकोमा अत्यन्तै हर्षित भएको बताए ।

साथै आमाहरुको पालन पोषणमा मातातीर्थ वृद्धाश्रम समितिले अहोरात्र काम गरिरहेकोमा धन्दवाद दिनुका साथै आमाहरुको शुख, शान्ति तथा दिर्घायुको शुभकामना दिदैं आगामी दिनमा पनि यस्ता थप कार्यक्रमहरु गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी कम्पनीको थानकोट शाखा प्रमुख देवी पौडेलले चन्द्रागिरी क्षेत्रमा यस्तो क्रार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा सेवा प्रदान गर्न थानकोट शाखाले आवश्यक कार्य गर्दै आएकोमा आगामी दिनमा अझ प्रभावकारी रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

मातातीर्थ वृद्धाश्रम समितिका सचिव राम थापाले मिति २०५४ साल देखि मुठी दानबाट शुरु गरिएको यस समाजसेवामा हाल भने केही व्यक्ति तथा संस्थाबाट खाद्यान्न तथा लत्ता कपडा समेत प्राप्त हुने गरेको र सो सहयोगबाट समितिलाई ठुलो सहयोग प्राप्त भएको जानकारी गराए । साथै यस्ता किसिमका सहयोगहरुको प्राप्त हुँदै गएमा थप आमाहरुलाई समेत समेटि क्रमशः संख्या बृद्धि गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS